राधा पोख्रे्रल
गुल्मी/माघ २८
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ४२ जनाको परिक्षण गर्दा २७ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा मालीका गाउपालिकामा १२ जना, छत्रकोट गाउपालिकामा ९ जना, चन्द्रकोट गाउपालिकामा ३ जना ,रेसुंगा नगरपालिकामा २ जना र कालीगण्डकी गाउपालिकामा १ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये १० जना पुरुष र १७ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या २ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६५ जना निको भएर डिस्चार्ज भएका छन ।