गुल्मी/माघ २९
गुल्मीको छत्रकोट गाउपालिका वडा नम्बर ६ दौघामा बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको छ ।

छत्रकोट गाउपालिकाको बाख्रा पकेट क्षेत्र दौघामा जुनेली महिला कृषि सहकारी संस्था लिमिटेड मार्फत ५० परिवारलाई एक एक वटा बाख्रा बितरण गरिएको हो । जुनेली महिला कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष कमला ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि छत्रकोट ६ दौघाका वडाध्यक्ष थम्मन ज्ञवाली रहनुभएको थियो ।

यस्तै बिशिष्ट अतिथि छत्रकोट गाउपालिकाका पशुशाखाका प्रमुख टेक बहादुर खनाल र पशु प्राविधिक निर्मला खनाल रहनुभएको थियो । समाजसेबि बाबुराम ज्ञवाली र राम बहादुर ज्ञवालीको आथित्यता रहेको कार्यक्रममा सहकारीकी सदस्य रामकला बिकले स्वागत गर्नुभएको थियो । पशुशाखाका प्रमुख टेक बहादुर खनाल र वडाध्यक्ष थम्मन ज्ञवालीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सन्चालन दौघाहरी प्राथमिक बिद्यालयका प्रधानाध्यापक कालीदास आत्रेयले गर्नुभएको थियो ।