राधा पोख्रेल
गुल्मी/फागुन ६
गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १३जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । ३० जनाको परिक्षण गर्दा १३ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि हुनेमा मालीका गाउपालिकामा ७ जना, रेसुंगा नगरपालिकामा ४ जना र रुरुक्षेत्र गाउपालिकामा २ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जसमध्ये ९ जना पुरुष र ४ जना महिला रहेको छन । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ८१ पुगेको छ ।