काठमाडौं /फागुन ६
टी–२० विश्वकप छनोटमा नेपालले विजयी शुरुवात गरेको छ ।ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी शुरुवात गरेको हो ।शुक्रबार ओमानको मस्टकस्थित अल अमरेतमा नेपालको १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानले पछ्याएको थियो । तर १७ ओभरमा ७८ रनमा ओमान सीमित हुनुपरेको छ । नेपालका लागि कमलसिंह ऐरीले ३ विकेट, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरीले २-२, जितेन्द्र मुखिया र आविनाष बोहोराले एक-एक विकेट लिएका थिए।