चुरामणि तिमिल्सीना /रिडि
गुल्मीको सत्यवति गाउँपालिका वडा नम्बर १ को नव निर्मित वडा कार्यालय भवन समुत्घाटन गरिएको छ ।

पालिकाका अध्यक्ष पारीस्वर ढकालले रिबन काटी भवनको उद्घाटन गर्नु भएको हो । वडा अध्यक्ष भिमलाल पाण्डेको अध्यक्षता, गाउँपालिका अध्यक्ष पारीस्वर ढकालको प्रमुख आथित्यता , उपाध्यक्ष सुबर्ण सेर्चन शाही , प्रमुख प्रशासकीय अधिकृत झबीस्वर रेग्मी , पुर्व गाबिस अध्यक्ष तथा जिल्ला बिकास समिती गुल्मिका सदस्य टिकाराम पाण्डे विशेष अतिथी रहनु भएको थियो। यस्तै अतिथीहरुमा समाजसेबि चिन्तामणि पाण्डे , गुणदेव कुवर, युवराज न्यौपाने , जनता माध्यमिक बिध्यालयका प्रधानाध्यापक युवराज पाण्डे ,जन प्रतिनिधिहरु , सामाजिक अभियान्ताहरु ,महिला समूह ,बौद्धिक बर्ग, स्वास्थ्यकर्मि, राज नैतिक दलका प्रमुखहरु लगायतको आथित्यता रहेको थियो ।

वडा सचिब रामलाल कुवरको स्वागत मनत्वय रहेको कार्यक्रममा कार्यक्रमका सभापती तथा वडा अध्यक्ष भिमलाल पाण्डेले पाँच बर्षमा गरेका हरेक गतिविधिलाई बुदागत रुपमा प्रष्ट पार्दै बाकी योजनाहरु पनि क्रमशः पूरा गर्न आगामी आउने निर्बाचित प्रतिनिधि हरुलाइ सहज हुने बाताबरण सिर्जना गरेको सम्बन्धित क्षेत्रमा बनाइयको बजेट शीर्षक अनुसार नै काम गरेको बताउदै वडा बासिलाई सहयोग गरेकोमा धन्यवाद समेत दिनु भयो ।

समारोहको अबसरमा कृषक , उधमी शिक्षक ,कर्मचारी, महिला स्वास्थ स्यम सेबिका , निर्माण व्यावसायि, कलाकार , खेलाडी ,जेष्ठ नागरिक लाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अध्यक्ष ढकालले ५ बर्ष सम्म बिकास निर्माण काम देखि कृषि क्षेत्रमा सत्यवतिले मुहार फेरिरहेको , सडक पुर्वधार कामले तीव्रता लियको , शिक्षा स्वास्थ खानेपानी , महिला उधमि उत्पादन गरेको भन्दै आफुहरुले गरेका कामले सबै तिर चर्चा पायकोदाबी गर्नु भयो भवन ६४ लाखमा निर्माण सम्पन्न भएको र गुणस्तर युक्त भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत झबीस्वर रेग्मीले बताउनु भएको थियो ।