चुरामणि तिमील्सीना /रिडि
गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नँम्बर १ को रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा २ दिने महिला स्वास्थ्य शिबिर अन्तरगत पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ।

सिबिरमा पहिलो दिन १०० जनाले सेवा लिए का छन। शिबिरमा महिलाहरुको पाठेघर जाँच तथा स्मेयर तथा टेष्ट गरिएको थियो । रुरु काठमाडौ महिला मंच काठमाडौको आयोजना र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपाल बुटवलको प्राबिधिक सहयोग र प्राथमिक स्वास्थ्य केन्द्र रिडीको समन्वयमा शिबिर सन्चालन भएको हो ।

उद्घाटन सत्रमा प्रमुख अतिथी रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम यस्तै विशिष्ट अतिथीमा महिला अस्पताल आम्दा बुटवलका डा बाल गोबिन्द चौधरी, रुरुक्षेत्र गाउँपालिकाकि उपाध्यक्ष लक्ष्मी देबि पन्थ , रुरु १ का वडा अध्यक्ष तथा ब्यबस्थापन समितिका अध्यक्ष रामलाल बिक , रुरु ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवाली , वडा न ३ का वडा अध्यक्ष शेष नारायण पौडेल, रुरु स्वास्थ्य शाखा प्रमुख छत्र बहादुर अधिकारी ,डा बिकास पन्थी समाजसेवी हिमाल श्रेष्ठ , यदु ज्ञवाली, उधोग बाणिज्य संघका रिडी शाखाका अध्यक्ष सुबर्ण लाल कक्षपति ,राजनितिक दलका प्रमुखहरु ,सामाजिक अभियान्ताहरु, क्लब ,आमा समुह , महिला समुह, महिला मञ्चका पदाधिकारिहरु लगायतको आथीत्यता रहेको थियो ।

उत्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी अध्यक्ष गौतमले गुल्मीको रुर क्षेत्रमा जन्मिएका हरेक चेलिहरुले रुरु क्षेत्रका विभिन्न सामाजिक कार्यमा निरन्तर सेवा प्रदान गरिरहेको दिदी बैनी लाई लक्षित गर्दै यो शिबिर सन्चालन गर्नु भएकोमा आभार ब्याक्त गर्दै पालिकाले समेत आगामी दिन्मा स्वास्थ शिबिरमा सहयोग गर्ने प्रतिबद्धता जायर गर्नु भयो । शिबिर उत्घाटन सत्रमा रुरुकी चेली रेखा श्रेष्ठका श्रीमान भरत श्रेष्ठ बचाउ अभियानमा संकलन गरेको २ लाख ६२ हजार २ सय २९ रुपियाँ यस्तै रुरु १ का वडा अध्यक्ष रामलाल बिकले कार्यक्रममा रु ५००० समेत भरत श्रेष्ठ बचाउ अभियान लाई हस्तान्तर गर्नु भएको थियो ।

स्थापनाको छोटो समयमा नै कोभिटको समयमा स्वास्थ सामाग्री बितरण , रक्तदान सहयोग अभियान , महिला हरु लाई क्षमता बिकास तालिम तथा सामाजिक कार्यमा योग्दान गर्दै आयको कार्यक्रममा बोल्दै अध्यक्ष तुल्सी बरालले बताउनु भयो ।कार्यक्रमलाई सफल पुर्याउन महिला अस्पताल आम्दाका फार्मेसी संतोष कुमार सिङ ,अनु बुडा पृती , नर्स बस्न्ता घिमिरे , दुर्गा पाण्डेको प्राबिधिक सहयोगमा शिबिर सन्चालन भएको थियो कार्यक्रमको सन्चालन गर्नु सस्थाकी सहसचिब गङगा ज्ञवालीले गर्नु भएको थियो । सिबिर शनिबार भोलि बिहान सम्म सन्चाल्न हुनेछ ।