
छत्रकोट गाँउपालिका गुल्मी
चैत्र १७
छत्रकोट गाँउपालिकामा चैत्र २५ गते देखि बिध्यालय केन्द्रित अभियान संचालन हुने ।
छत्रकोट गाँउपालिका गुल्मीले टाइफाइड रोग बिरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोपको सुरुवात बिषयक पालिका स्तरिय खोप समन्वय समितिको अभिमुखीकरण तथा योजना गोष्ठी सम्पन्न गरेको छ ।
गोष्ठीमा सरोकारवाला संग १५ महिना देखि माथी १५ बर्ष मुनिका बालबालिकालाई बिध्यालय केन्द्रित खोप अभियान संचालन बिषयमा छलफल गरिएको थियो ।
खोपहरुमा सबै भन्दा सुरक्षित मानिएको टाइफाइड रोग बिरुद्धको खोप चैत्र २५ गते देखि बिध्यालय केन्द्रित अभियान संचालन गर्ने र आगामी महिना देखि नियमित खोप सुरु गर्ने स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनु भयो ।
बिध्यालय केन्द्रित खोप अभियानमा सरोकारवालाको रचनात्मक सहयोगको खाँचो रहेको र त्यसको सहजिकरणको लागि स्वास्थ्यकर्मी सपना टण्डनले बताउनु भयो ।
यस्तै स्वास्थ्य चौकी न्युनतम सेवा मापदण्ड अभिमुखिकरण कार्यक्रम पनि सम्पन्न भएको छ । बिभिन्न मापदण्डका आधारमा पल्लिकोट स्वास्थ्य चौकीले ६३ अंक प्राप्त गरि प्रथम भएको छ ।
छत्रकोट गाँउपालिकाले स्वास्थ्यक्षेत्रलाई सबै भन्दा महत्वकासाथ अगाडी बढाएको गाँउपालिका अध्यक्ष मधुकृण पन्तले बताउनु भयो ।
प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले स्वस्थ्यमा गाँउपालिकाको सबै भन्दा धेरै लगानि रहेको बताउदै यसलाई ब्यवस्थित मात्र गरे राम्रो उपलब्धि प्राप्त हुने बताउनु भयो ।
गोष्ठीमा उपाध्यक्ष नर्मदा भण्डारी वडा अध्यक्षहरु धातानन्द भण्डारी,रुकबहादु राकसकोटी,तेजकान्त अर्याल,डिलाराम न्यौपाने,कृष्ण पन्त,थमन ज्ञवाली एमालेका सचिब यज्ञ पाण्डेय, नेपाली कांग्रेसका सभापती धातानन्द भुषाल ,राष्ट्रिय जनमोर्चाका सामलाल पन्थ एकिक्रित समाजबादीका अध्यक्ष बिष्णु प्रसाद कडेलको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण श्रृङ्गा प्रथमिक स्वास्थ्यकेन्द्रका रामचन्द ज्ञवाललीले गर्नु भएको थियो ।