गुल्मीदरबार गाँउपालिका गुल्मी
चैत्र १८
गुल्मीदरबार गाँउपालिकामा चैत्र २५ गते देखि बिध्यालय केन्द्रित टाइफाइड रोग बिरुद्धको खाेप अभियान संचालन हुने ।

गुल्मीदरबार गाँउपालिका गुल्मीले टाइफाइड खाेप अभियान संचालन तथा नियमित खोपमा नियमित खोपमा टाइफाइड खोपको सुरुवात,नियमित खाेप सुदृढीकरण प्रवर्द्धन सम्बन्धमा पालिका खोप समन्वय समिति र सराेकारवालाहरूकाे अभिमुखीकरण सम्पन्न गरेको छ ।
कार्यक्रममा सरोकारवालाहरूले १५ महिना देखि माथी १५ बर्ष मुनिका बालबालिकालाई बिध्यालय केन्द्रित खोप अभियान संचालन बिषयमा छलफल गरेका थिए ।
खोपहरुमा सबै भन्दा सुरक्षित मानिएको टाइफाइड रोग बिरुद्धको खोप चैत्र २५ गते देखि बिध्यालय केन्द्रित अभियान संचालन गर्ने र आगामी महिना देखि नियमित खोप सुरु गर्ने स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले बताउनु भयो ।
बिध्यालय केन्द्रित खोप अभियानमा सरोकारवालाको रचनात्मक सहयोगको खाँचो रहेको अभिमुखीकरणमा सहभागिले बताएका थिए ।
कार्यबाहक गाँउपालिका अध्यक्ष मिना भण्डारीले राेग नियन्त्रणकाे लागि खाेप महत्त्वपूर्ण हुन्छ यससंगै ब्यक्तिगत र बाताबरणको सरसफाई पनि अतिमहत्वपूर्ण रहेकाेले सरसफाईमा पनि सरोकारवालाको निरन्तर ध्यायान जानुपर्ने बताउनु भयाे ।
कार्यक्रमा नेपाली कांग्रेसका उपसभापती बिष्णु बहादुर थापा, नेकपा एमालेका अध्यक्ष कृष्णप्रसाद खनाल, नेकपा माओबादी केन्द्रका उपाध्यक्ष सेरबहादुर सर्तुङ्गी स्वास्थ्य चौकीका प्रमुख तथा प्रतिनिधि संचारकर्मी बडा अध्यक्षहरू रामबहादुर पल्ली,हरिहर गाैतम,वडा नं.३का कार्यबाहक अध्यक्ष ललितबहादुर सराङ्काेटी,खुमबहादुर पल्ली,वडा नं.५ बाट कार्यपालिका सदस्य तारा गिरी वडा नं.७ बाट अध्यक्ष टाेपबहादुर बस्नेत लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमा स्टाफ नर्स एलिनाले स्वागत गर्नु भएकाे थियाे ।
यस्तै साेहि अवसरमा नियमित खाेप सुदृढीकरण पूर्ण खाेपकाे दिगाेपना र सरसफाई कार्यक्रम निरन्तरताको लागि सुक्ष्म याेजना अध्यावधिक साथै पालिका खाेप समन्वय अभिमुखीकरण पनि सम्पन्न भएकाे छ ।