आज बिश्व अटिजम जनचेतना दिवस । के हो अटिजम ?
आज बिश्व अटिजम जनचेतना दिवस बिभिन्न कार्यक्र गरि मनाईदै छ । अटिजमका क्षेत्रमा रुरुक्षेत्र गाउँपालिका गुल्मीले राम्रो काम गरेको छ ।
रुरुक्षेत्र गाउँपालिका वडा न १ को रातामाटामा अटिजम पाठशालाको भवन निर्माणभइ रहेको छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख समेत रहनु भएकी तुल्सी श्रेष्ठले प्रदान गर्नु भएको दुई रोपनि र रुरुक्षेत्र वडा न १ का वडा सचिव समेत रहनु भएका च्यूरेक निवास राम प्रसाद ज्ञवालीले निशुल्क र शसुल्क जग्गा प्रदान गरेपछि अटिजम पाठशालाको भवन निर्माणको तयारी शुरु भएको हो ।
रुरुक्षेत्र गाउँ पालिकाको ५० लाख र प्रदेश सरकारको १० लाख गरि ६० लाखमा अटिजम पाठशालाको भवन निर्माण भई रहेको छ ।
गुल्मीको रुरुक्षेत्र गाँउपालिका रिडीमा अहिले पनि स्थानिय बिष्णु ज्ञवाली र अमृता कडेलले अटिजम पाठशाला संचालन गरिरहनु भएको छ । पाठशालामा ६ देखि १० जना अटिजम भएका बालबालिका हरु रहेका छन ।
पछिल्लो समयमा सन् २०२१ को एक आँकडा अनुसार प्रत्येक ४४ जनामध्ये १ जनामा अटिजम देखिएको छ। डब्लु।एच।ओको पछिल्लो २०२२ रिपोर्ट अनुसार बिश्वब्यापी प्रत्येक १०० जना बालबालिकामध्ये १ जनामा अटिजम भएको आँकडा आएको छ।
यी संख्या क्रमश प्रत्येक वर्ष बढ्दो क्रममा छ। एक किसिमले यसलाई विश्वब्यापी स्वाथ्य्य संकटभन्दा फरक नपर्ला। यस्तै अवस्था नेपालमा पनि हुने हो भने यसले भयावहरूप लिन धेरै समय नलाग्ला।
नेपालमा अटिजमको संख्या कति छ भन्नका लागि कुनै सर्वेक्षण भएको पाइँदैन। केही वर्षअघि सन् २०१६ मा नेपालको एक दुर्गम जिल्लामा गरेको सानो अनुसन्धान अनुसार १००० बालबालिकामध्ये ३ जना स्कुल जाने बालबालिकामा अटिजमको लक्षण भएको पाइएको थियो।
हालै आएर धेरैजना अभिभावक, शिक्षक, स्वाथ्यकर्मीमा अटिजम सम्बन्धी चेतना बढेको पाइन्छ।
अहिलेको अवस्थामा आएर नेपालमा अटिजम भएका बालबालिका कति छन्, अनि प्रत्येक वर्ष यसको दिशा कतातिर गइराखेको छ भन्ने राष्ट्रिय आँकडा हुनु अति आवश्यक छ किनकि, विश्वभरिनै अटिजमको संख्या दिनानुदिन बढ्दो छ र अटिजमको समस्या पछिसम्म जीवनभरी नै रहिरहने समस्या हो। के हाम्रा अभिभावकहरु अटिजम भएका आफ्ना सन्तानलाई
अहिलेको अवस्था हेर्दा प्रत्येक टोल टोलमा अटिजमलाई लक्षित गरि स्कुल खोल्नुपर्ने देखिन्छ। अथवा भएकै स्कूलमा शिक्षकलाई अटिजम सम्बन्धि तालिम प्रदान गरि यी स्कुलले अटिजम भएका भाइ बहिनीलाई समावेशी शिक्षाको दायरामा ल्याउनुपर्ने देखिन्छ।
समावेशी शिक्षामा लान सकेमा अरू बच्चाले पनि अटिजम भएका बच्चालाई स्वीकार्न, बुझ्न मौका पाउनेछ र भविष्यमा गएर यी बच्चा अटिजम भएका बालबालिकाका आवाज बन्न सक्छन्।
अटिजमको छिटो भन्दा छिटो निवारणका साथै छिटोभन्दा छिटो थेरापी शुरू गर्नुबाहेक उपचारको अरू विकल्प छैन।
अहिलेसम्म कुनै पनि औषधिले अटिजम ठिक नभई विशेष थेरापीले मात्र अटिजमका कतिपय जटिलता कम भने गर्न सकिन्छ।
पछिल्लो समयमा आएर अहिलेको आवश्यकता भनेको नै अटिजमको पहिचान, छिटो उपचार, सामाजिक स्वीकृति, सरकारीतहमा नै अनुसन्धान, स्कुल, व्यवसायिक तालिम अनि मानव शंसाधन विकास पर्न जान्छ। सम्बन्धित निकायले यसतर्फ ध्यान पुर्याउनुपर्छ।
अटिजम भएका बालबालिकाको बौद्धिक क्षमता कमजोर हुँदैन,अटिजम भनेको बच्चामा देखिने मष्तिस्कको अवस्था हो। यस्ता बच्चाको बोलीमा समस्या देखिन्छ। उनीहरूलाई बुझ्न र बुझाउन गाह्रो हुन्छ। समाजमा कसरी मिलेर बस्ने भन्ने ज्ञान हुन्न । एक किसिमको अनौठो व्यवहार देखाउँछन्।
उमेर नपुगि छिटो जन्मिएको बच्चामा, जन्मिएपछि कुनै समस्या आयो भने र उमेर धेरै भएका आमा बाबुबाट जन्मिएका बच्चामा अटिजम देखिनसक्छ।
अहिलेको अवस्थामा वातावरण प्रदूषणलेसमेत यसको खतरा बढ्छ। तर अटिजम यही कारणले हुन्छ भनेर अहिलेसम्म पुष्टि हुन सकेको छैन।
कुनै पनि बच्चाको हुर्किने क्रम आफ्नै किसिमको हुन्छ। बच्चा ६ महिनामा बस्ने, बाबा, ममा आमा भन्ने, १ वर्ष पुग्दा हात समातेर हिँड्ने मामा, बाबा भन्ने बाइ गर भन्दा गर्ने नमस्कार गर भन्दा गर्ने हुन्छ। तर बोल्ने उमेरमा नबोल्ने, बोलाउँदा नबोल्ने भयो भने त्यो अटिजमको लक्षण हुनसक्छ।
यो रोग होइन। यो अवस्था हो। यसमा औषधि भन्दा पनि थेरापीबाट उपचार गरिन्छ। यो पूर्ण रूपमा ठीक हुन कठिन छ। हरेकमा देखिने अटिजमको लक्षण फरक हुनसक्छ। थेरापीबाट अटिजमको जटिलता कम गर्न सकिन्छ।
अटिजम भएको बच्चामा सोच्ने क्षमता नै कमजोर हुनसक्छ। तर अटिजम भएको बच्चालाई सिकाउन सकियो भने स्वतन्त्र जीवन जिउनसक्छन्।
न्युटनमा पनि अटिजम थियो। बिलगेटसमा पनि अटिजमको केही लक्षण छ। त्यस्तै एलन मस्कमा पनि अटिजमको लक्षण भएको उनी आफैंले भनेका छन्। त्यसैले अटिजम भएका बालबालिकाले आफ्नो भविष्य सुन्दर बनाउन सक्दैनन् भन्ने होइन। उनीहरुको बौद्धिक क्षमता कमजोर हुँदैन।
समयमा पहिचान गरेर थेरापी गर्न सकियो भने उनीहरूले धेरै गर्न सक्छन्। अटिजम भएका बच्चामा झट्ट हेर्दा शारीरिक रूपमा समस्या देखिदैन। तर बाहिरबाट नदेखिने समस्याले धेरै अफ्ठ्यारो पार्छ।
अटिजम भएका बालबालिकाको हेरचाहमा अभिभावको ठूलो भूमिका हुन्छ।
बालबालिकाले उमेरअनुसारको गतिविधि गरेका छैनन् वा असामान्य व्यवहार देखाउँछन् भने अटिजम भएको हुनसक्छ।
समयमै पहिचान गर्न सके त्यस्ता बालबालिकाको उचित व्यवस्थापन गर्न सकिन्छ।