टाइफाइड विरुद्धको देशव्यापी खोप अभियान शुरू
टाइफाइड विरुद्धको देशव्यापी खोप अभियान शुरू भएको छ। हिजो बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले अभियानको उद्घाटन गरेका छन्।
खोप अभियानको शुरूआत गर्दै प्रधानमन्त्री देउवाले यो अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्। उनले दक्षिणएशियामै पहिलो पटक टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गर्न पाउँदा खुशी लागेको बताए।
खोप अभियान २५ वैशाखसम्म चल्नेछ। यो अभियानका क्रममा १५ महीनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, यो अभियानमा ७५ लाख बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइनेछ। यसका लागि नेपालले पछिल्लो १० वर्षदेखि गृहकार्य थालेको थियो।
टाइफाइड रोग बिरुद्धको खोप चैत्र २५ गते देखि बिध्यालय केन्द्रित अभियान संचालन हुनेछ ।