आज चैते दशै शक्तिपीठमा भक्तजनको भीड,शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने मन्यता
चैत २५
छत्रकोट
चैते दशैँसमेत भनिने चैत्र शुक्ल पक्षको नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको छ । शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको छ ।
गुल्मीको छत्रकोट देवालय लगायतका शक्तिपीठमा भक्तजनको भीड लाग्न थालेको छ ।
सामान्य अवस्थामा पनि यी शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्दछ।
लुम्छाको देबि मन्दिर,छत्रकोट देवालय लगायत अन्य मन्दिर राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत मन्दिरमा भक्तजनको भीड लागेको छ । यस अवसरमा विभिन्न मन्दिरमा विशेष अनुष्ठान पनि भइरहेका छन् ।
देवी मन्दिरमा भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक, पाल्चोक, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, उग्रतारा, शैलेश्वरीलगायत देशभरका देवी मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।
चैत्र नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने, सुख, शान्ति पाइने धार्मिक विश्वास छ । यस वर्ष चैत २६ गते शनिबार अष्टमी र २७ गते रामनवमी पर्व परेको छ । चैत २८ गते सोमबारसम्म नवरात्र मनाइन्छ । वर्षमा चार नवरात्र पर्छन् ।
त्यसमध्ये आश्विन र चैत्र शुक्ल पक्षमा पर्ने नवरात्रलाई विशेष रुपमा मनाउने गरिन्छ । पुस र असार शुक्ल पक्षमा पर्ने नवरात्रलाई विशेष साधना गर्नेले मात्र मनाउँछन् । यसमध्ये पनि आश्विन शुक्ल पक्षको नवरात्रलाई भने नेपालमा राष्ट्रिय चाडका रुपमा बडा दसैँ मनाउने गरिन्छ ।