छत्रकोट गाँउपालिका गुल्मीले स्वास्थ्यका ३ क्षेत्रमा पूर्णता पाएकोको घोषणा गरेको छ ।
चैैत २८
छत्रकोट गाँउपालिका

छत्रकोट गाँउपालिका गुल्मीले स्वास्थ्यका ३ क्षेत्रमा पूर्णता पाएकोको घोषणा गरेको छ ।
बिभिन्न सुचाङ्कको आधारमा पूर्ण संस्थागत प्रसुती,१२ बर्ष माथीका कोभिड १९ बिरुद्ध पुर्ण खोप सुनिश्चीत र पुर्ण खोप सुनिश्चीत गाँउपालिका घोषणा गरेको छ ।
आज एक समारोहका बिच गाँउपालिकालाई यस्तो घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण पराजुलीले घोषणा गरिएका कार्यक्रमको दिगोपनाको लागि घोषणा गर्नु पूर्व गरिएको जस्तै निरन्तर काम गर्नु पर्ने बताउनु भयो । स्वास्थ्य बिमा कार्यक्रममा पछिल्लो समयमा देखिएको समस्याका बारेमा पनि टिप्पणी गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौड्यालले सुभकामना ब्यक्त गर्दै आसन्न निर्वाचनमा सानासाना समस्याको पनि सुक्ष्म ब्यवस्थापन गर्दै भय रहित वातावरणमा निर्वाचन गर्न सबै लागिपर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनी, स्वास्थ्य कार्यालयका प्रमुख पशुपती आचार्य,गाँउपालिका उपाध्यक्ष नर्मदा भण्डारी,राजनैतिक दलका तर्फबाट नेकपा एमाले अध्यक्ष पिताम्बर अर्याल,नेपाली कांग्रेसका प्रतिनिधी जनार्दन पौड्याल, नेकपा माओबादीका अध्यक्ष लोकनाथ पाण्डय,राष्ट्रिय जनमोर्चाका अध्यक्ष सामलाल पन्थ,गुल्मीदरबार गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख नारायण अर्याल लगायतले सुभकामना ब्यक्त गर्नु भएको थियो ।
स्वास्थ्य शाखा प्रमुख प्रमुख श्यामसुन्दर पोख्रेलले कार्यक्रममा स्वागत गर्दै पूर्ण संस्थागत प्रसुती,१२ बर्ष माथीका कोभिड १९ बिरुद्ध पुर्ण खोप सुनिश्चीत र पुर्ण खोप सुनिश्चीत गाँउपालिका घोषणा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिबेदन प्रस्तुत गर्न हेल्थ असिस्टेन्ट बिरबहादुर ओली र अहेब सपना टण्डनले सहयोग गर्नु भएको थियो ।

कार्यक्रम एवं गाँउपालिका अध्यक्ष मधुकृष्ण पन्थले सबैलाई धन्यबाद ज्ञापन गर्दै बिभिन्न सुचाङ्कको आधारमा ,१२ बर्ष माथीका कोभिड १९ बिरुद्ध पुर्ण खोप सुनिश्चीततामा जिल्लामै पहिलो र पूर्ण संस्थागत प्रसुतीमा पालिका दोस्रो भएको दाबी गर्दै स्वास्थ्यका क्षेत्रमा समग्रमा राम्रो काम भएको भन्दै खुसी ब्यक्त गर्नु भयो ।
कार्यक्रमको सहजीकरण प्रमुख प्रसासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले गर्नु भएको थियो ।