रुरुधाम तिनमुखे पुलले पर्यटकको बढ्दो आकर्षण
कृष्ण अन्जान
बैशाख ३
रुरु धाम

नयाँवर्षको पहिलो दिन रुरुधाममा तिर्थालु हरुको ओईरो लाग्यो ।
यसैपनि रुरुधामबाट बगने पवित्र कालिगण्डकी नदिमा स्नान गरि ऋषिकेश भगवानका साथै यहाँ रहेका मठ मन्दिरमा दर्शन गर्न आउनेको बैशाखे सक्रान्ति देखि चहल पहल शुरु हुन्छ र यो निरन्तरता वर्षै भरि रहन्छ ।


औशि पुर्णिमा एकादशि लगाएतका हिन्दुका तिथीबारमा कालिगण्डकी नदिको स्नान र मठमन्दिरको दर्शन चलिरहन्छ र मुख्य रुपले कात्तिकको ठुला एकादशि ,द्वादसीमा मनाईने ऋषिकेश जात्रा ,माघेसक्रान्ति मेला रुरुधामका ठुला पर्व र मेला हुन भने यसको शुरुवात हरेक नयाँवर्ष बाट शुरु हुन्छ ।
रुरुधाम आफैमा अत्यन्तै महत्त्व राख्ने धार्मिक स्थल हो र यहाँको पौराणिकताले रुरुधामलाई सबैतिर परिचित गराएको त छँदैछ तर पछिल्लो पटक रुरुधाममा निर्माण भएको तिनमुखे पुलका कारण रुरुधाममा आउने आन्तरिक र धार्मिक पर्यटकको सँख्या ह्वात्तै बढेको छ ।

दैनिक चालिस देखि पचास वटा गाडि रुरुधाममा आउने गरेको र पुलको अवलोकन गर्ने फोटो खिचाउने सेल्फि लिने हरु बिहानै देखि साँझ सम्म पुलमा डमक्कै ढाकिने गरेको स्थानीय मेघराज ज्ञवालीले बताए ।
पहिले रुरुधाममा कालिगण्डकी नुहाउन ,भगवान ऋषिकेशको दर्शन गर्न भक्तालुहरु आउँने गर्थे पछिल्लोपटक तिनमुखे पुल बनेपछि त दिनदिनै यहाँ आउने हरुको जात्रै लाग्न थालेछ रुरुक्षेत्र गाउँ पालिका ३ फेक्लदिका लेखनाथ गौतमले बताए ।
पर्व हरुमा तिर्थालु अब कालिगण्डकी नुहाउन र मठको दर्शन गर्न मात्र रुरुधाममा आउँदैन तिनमुखे पुलले पर्यटनको नया गन्तव्य बनेको र कालिगण्डकी करिडोर लगाएतका रुरुधाम हुँदै जाने सडकको स्तरोन्नतीले रुरुधाममा आन्तरिक र वाह्य पर्यटक हरु धान्नै नसकिने गरि आउने रुरुक्षेत्र ३ का समाजसेवी हुतराज गौतमको भनाई छ ।
स्याङ्जा पाल्पा र गुल्मी जोड्ने तिनमुखे पुलको निर्माणले रुरुधाममा पर्यटक हरु ओईरिन थालेपछि यहाँका होटल व्यवसायी हरुपनि उत्साहित देखिन थालेका छन ।
तिनमुखे पुलका कारण होटल व्यवसायि हरुको व्यापार बढेको छ र दैनिक जसो नै पर्यटक हरुका ताँती लागेपछि रुरुधाममा चहल पहल समेत बढेको छ रुरुधामका पुराना होटल व्यवसायी सुरज गुरुङले भने ।
रुरुधामको वृहत्तर विकास सँगै धार्मिक पर्यटनको प्रमुख गन्तव्य यो क्षेत्र बनिरहँदा मुख्यतया सुविधा सम्पन्न होटल लज हरुको आवस्यकता देखिएको छ ।
मुस्किलले रुरुधाममा करिब डेढदर्जन साना ठुला होटल हरु रहेपनि अझै होटल र रिसोर्टको कमि महशुस गरिएको छ ।
रुरुधामलाई लक्षित गरि पाल्पाको अर्गली रुरुक्षेत्र को च्यूरेक ,मसौदि ,याढुँग स्याङ्जाको किपट क्षेत्रमा ठुला रिसोर्ट र होटल हरुको निर्माणका लागि पहल गरिनु पर्छ ।
यसैगरि ठुला पार्क ,पिकनिक स्पोट ,को व्यवस्थापन हुन सके पर्यटक हरुलाई झनै आकर्षण गर्न सकिने रुरुबाट पत्रकार कृष्ण अन्जानले समाचार पठाउनु भएको छ ।