असार-१,२०७९
काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला कुमारी वलीलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ ।
स्रोतका अनुसार राज्य मन्त्री वली सँग प्र.जि.अ हिरा लाल रेग्मी र एस.पी सुरेश काफ्लेले सोध पुछ गरेका थिए ।
वलीले प्र.जि.अ र एस.पी सँग खासै खुलेर बोल्न नसकेको स्रोतले बताएको दावी छ ।
यद्यपि,उनले वाइसीएल कार्यकर्ता एक राज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गरेकी छन् । एकराज सँग विशेष काम परेकाले भेट्न घरमा पुगेको उनको भनाइ छ ।
विमलाले हिजो बिहान एकराजको घरमा गएर उनको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् । एकराजकी पत्नी मिना भण्डारीले वली विरुद्ध अभद्र व्यवहारको आरोपमा उजुरी दिएकी छन् ।