असार-६,२०७९
छत्रकोट गाउँपालिका -३ नरम,गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिका -३ नरममा गरिबी निवारण का लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन प्रकृया अनुसार लघु कर्जामा पहुँच र वजारीकरण तथा व्यवसायिक परामर्श सम्वन्धि अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम हिजो सम्पन्न भएको छ।
छत्रकोट गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा छत्रकोट गाउँपालिका वडा नं. ३ कि वडा सदस्य पुष्पा नेपालीको अध्यक्षता रहेको थियो।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयको सशर्त अनुदानमा सञ्चालित परियोजना मार्फत् आर्थिक वर्ष २०७८/०७९मा सो वडा अन्तर्गत सिलाई कटाई तर्फ १९ जना नयाँ लघु उद्यमी सिर्जना गरिएको थियो।
ती सिर्जित लघु उद्यमीहरुलाई आवश्यक ऋण तथा कर्जामा सहजीकरण गर्न एवम् उत्पादित वस्तुलाइ वजार व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा सहायता प्रदान गर्ने गरि सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा वोल्दै वडा सदस्य पुष्पा नेपालीले लघु उद्यमीहरुलाइ आफुले सिकेको सिपलाई बाहिर उजागर गर्न पछि पर्न नहुनेमा जोड दिनु भयो।
उहाँले समूह समुहमा सामुहिक व्यवसायमा सरिक हुन उद्यमीहरुलाई निर्देशन समेत दिनु भयो।
लघु कर्जामा सहजीकरण का विषयमा अनमोल वचत तथा ऋण सहकारी संस्था छत्रकोट गाउँपालिका ३ नरमका व्यवस्थापक संगिता पन्थले सम्वन्धित विषयमा प्रशिक्षण दिनु भएको थियो।
यस्तै वजारीकरण तथा व्यवसायिक परामर्शका विषयमा रुरु एफ्।एमका व्यवस्थापक तथा सञ्चालक युगराज वस्यालले प्रशिक्षण दिनु भएको हो।
प्रशिक्षण कार्यक्रममा १९ जना लघु उद्यमीहरुको सहभागिता रहेको थियो।
अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा लघु उद्यमीहरुले उठाएका विविध प्रश्न एवम् जिज्ञासालाइ सम्वन्धित प्रशिक्षकहरुले संवोधन गर्नु भएको थियो।
उनीहरुले सो प्रशिक्षण मार्फत आफुमा नयाँ कुराको जानकारी भएका व्यवसायलाई थप सफल र सहज ढङ्गले अगाडि वढाउन प्रेरणा थपिएको विश्वास व्यक्त गरेका छन्।