पाल्पामा बस दुर्घटना ६ जनाको मृत्यु
साउन ८
पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।
बाग्लुङको बुर्तिबाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । घाइतेहरूको उपचारको लागि तानसेन पठाईएको छ ।
गाडीमा २२ जना रहेको बताईइको छ । थप बिवरण आउन बाँकी छ ।