सुरेश छन्त्याल
श्रावण -१४,२०७९
गलकोट -१० पाण्डब खानी ।
गलकोट नगरपालिका वडा नं १० पाण्डब खानीको रमुवा गाउँमा पुगि नेपाल सरकार द्धारा संचालित सामाजिक सुरक्षा भत्ता कार्याक्रम अन्तर्गत लाभग्राहीको परिचयपत्र नवीकरण कार्य सम्पन्न गरिएको छ ।
वडा सदस्य कुमार पुनको सक्रियतामा गलकोट नगरपालिका १० का वडा सचिव ठाकुर तिमिल्सिना, वडा सदस्य अर्चना श्रीस, पशु सेवा केन्द्र पाण्डब खानीका पशु प्राविधिक शिव आचार्य, स्थानीय उदिम घर्ति सहित भुगोलको कारण त्यस क्षेत्रमा फोटो खिच्ने सेवा नभएको हुनाले स्थानीय सुमन काउचाले फोटो खिच्ने व्यवस्था गर्नुभएको थियो।
सोहि कार्यक्रम अन्तर्गत श्रावण महिना भित्र ६८ वर्ष पुगेकाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था भएको हुनाले हिजै ७ जना नयाँ दाता दर्ता गरिएको वडा सचिव ठाकुर तिमिल्सिनाले जानकारी दिदै अब यसरीनै वडाबाट पाउने रहेक सेवा सुविधा रमुवानै पुगेर सेवा प्रवाह गर्ने प्रद्धिवद्धता गर्नु भयो ।
कार्यक्रमबाट रमुवाका सबै लाभग्राहीहरुले सेवा लिएका थिए ।
त्यस्तै गलकोट नगरपालिका १० का निवर्तमान वडा अध्यक्ष तथा नेपाली काग्रेस क्षेत्र नम्बर २ क का प्रदेश सभापति तिलक घर्ति मगरको पहलमा रमुवा आधारभुत विद्यालयमा उप मतदान केन्द्र थप गर्ने प्रकृया अगाडि बढिरहेको छ ।
गलकोट नगरपालिका भित्र पर्ने वडा नम्बर १० पाण्डब खानी र पाण्डबखानी भित्र रहेको रमुवा गाउँ अत्यन्तै विगत बस्ती र धेरै समय लाग्ने भएको हुनाले यश क्षेत्रका जनसमुदायहरुलाइ सहजरुपमा सेवा प्रवाह गर्नका लागि नगरपालिका र वडा कार्यालयबाट पाउने रहेक सेवा र सुविधाबाट रमुवाबासि बञ्चित नहुने गरि यश कार्यलाई निरन्तरता दिने वडा अध्यक्ष भक्त बहादुर काउचाले जानकारी गराउनुभयो। यस अघि पाण्डबखानी माविमा केन्द्र रहेको थियो, भने अब पाण्डबखानीमा दुई मतदान केन्द्र रहने छ ।