भाद्र ९ /गुल्मी
देशभर कोरोनाका संक्रमित फेरि बढिरहेको बेला गुल्मी जिल्लामा पनि यसका संक्रमितहरु थपिइरहेका छन ।
जिल्लामा बिहिबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा जिल्लाको छत्रकोट .गाउपालिकाका रहेका जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । १८ जनाको एन्टिजेन परिक्षणमा ३ जनामा कोरोना पुष्टि भएको हो । यो सगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ६३ पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ ।
बिहिबार नै यो संक्रमणलाई जितेर ३४ जना डिस्चार्ज भएका छन ।