टोपराम केसी,गुल्मी। आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि जिल्ला स्थित ठूला दल उम्मेदवार सिफारिसमा व्यस्त भएका छन्।
केही दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रगत रूपमा उम्मेदवार सिरफारिस गरी सकेका छन् भने केही सिफारिसका लागि छलफलमा जुटिरहेको जनाएका छन्।
यसै विच नेपाली काङ्ग्रेस ले गुल्मी क्षेत्र नं.-१ अन्तर्गत प्रदेश सभा ‘ख’ का लागि उम्मेदवारको नामावली सिफारिस गरेको छ।
अस्ती वसेको प्रदेश सभा ‘ख’ को कार्यसमितिको वैठकले निर्णय गरि उम्मेदवारहरुको नामावली क्षेत्रीय समिती र जिल्ला कार्यसमितिमा सिफारिस गरेको हो।
केन्द्रको निर्देशन अनुसार वढी ३ जना सम्मको नाम सिफारिस गर्न भएको परिपत्र अनुसार कार्यसमितिको सम्पन्न वैठकले प्रत्यक्ष तर्फ श्रीप्रसाद भलामी,धनेन्द्र कार्की,मुक्ति कंडेलको नाम सिफारिस गरेको छ।
यस्तै समानुपातिक तर्फ पुरुषमा झविन्द्र विश्वकर्मा र मोतिलाल भण्डारी सिफारिस हुँदा उता महिला तर्फ भने गंगादेवी पाण्डे ,मिना राना मगर,उर्मिला आचार्य नेपाली र राधिका न्यौपाने सिफारिस हुनु भएको नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नं.-१ प्रदेश सभा ‘ख’ का उप-सभापति भेषराज कंडेलले जानकारी दिनु भयो।
कार्यसमितीले पठाएको सिफारिसलाई जिल्ला कार्यसमितिले हुवहु प्रदेश र केन्द्रमा पठाउनेछ।
यद्यपि उम्मेदवारको अन्तिम टुङ्गो भने केन्द्रले नै लगाउने छ