टोपराम केसी
भाद्र-२४,२०७९
छत्रकोट गाउँपालिका -४ गुल्मी ।
श्रृङ्गा जनता माध्यमिक विद्यालय छत्रकोट गाउँपालिका ४ गुल्मीले अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न गरेको छ।
यस वर्ष कक्षा १० मा अध्ययनरत विद्यार्थी,उनीहरुका अभिभावक,शिक्षक,विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघ लगाएत सरोकारवाला विच अन्तरक्रिया सम्पन्न भएको हो।
एस.ई.ई परिक्षाको नतिजा कसरी राम्रो ल्याउन सकिन्छ,भन्ने मुख्य विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रमको अध्यक्षता शिक्षक अभिभावक संघका अध्यक्ष मेघराज पन्थले गर्नु भएको थियो।
यस्तै प्रमुख अतिथिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमनाथ कंडेल तथा विशिष्ट अतिथिमा सल्लाहकार समितिका सदस्य रामचन्द्र कंडेल, विद्यालयका प्रधानाध्यापक विकास चन्द्र खरेल लगाएत रहनु भएको थियो।
अन्तरक्रिया कार्यक्रमको सहजिकरण कक्षा शिक्षक रमेश पन्थले गर्नु भएको थियो।