कपिलवस्तुमा बिभिन्न दलका दर्जनौं प्रभाबसाली नेता एमाले प्रवेश
असोज २९
कपिलवस्तुको मायादेवी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा लुम्बिनी प्रदेश सदस्य बजरंगी कुर्मी चौधरी एमाले प्रवेश गरेका छन् ।
उनी प्रदेशका मन्त्री शहश्रराम यादवका मुख्य सहकर्मी हुन् । शहषरामले उम्मेदवारी दर्ता गर्ने दिन जसपा छाडेर कांग्रेस प्रबेश गरी प्रदेश सांसदको टिकट लिएपछि उनका सहकर्मीले एमाले रोजेको बताएका छन् । एमाले पोलिटब्यूरो सदस्य विमला घिमिरेको उनलाई एमालेमा स्वागत गरिन् ।
जसपाका प्रदेश कमिटी सदस्य रहेका बजरंगीसंगै मायादेवी गाउँपालिकामा यसपटकको स्थानीय चुनावमा लडेर २ सय ५० मतको अन्तरमा पराजित भएकी उपाध्यक्ष पदकी उम्मेदवार एवम् जसपा नेतृ माधुरी अग्रहरीसहितको समूह एमाले प्रबेश गरेको छ ।
बजरंगी र माधुरीको एमाले प्रबेश गरेसंगै मन्त्री शहश्रराम यादवलाई धक्का लागेको छ । कार्यक्रममा बजरंगीले अबको सरकारको नेतृत्व र देशको भविश्य दुबै एमालेको हातमा हुने स्पष्ट भएपछि आफू एमाले प्रबेश गरेको बताए ।
यसअघि गत प्रदेश सभा चुनावमा मन्त्री सहषराम यादवसंग ४ सय मतान्तरमा हारेका मधुसुधन शरण चौधरी एमालेमा प्रबेश गरेर उम्मेदवार बनेका छन्।
त्यसमा पनि बजरंगी र माधुरीको आगमनले एमाले झनै मजवुत बनेको एमालेका अध्यक्ष डम्मर शर्माले वताए। बजरंगी त्यो क्षेत्रमा बलियो पकड भएका नेता हुन । कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं ११ बाट नेपाली कांग्रेस परित्याग गरी ७५ जना एमालेमा प्रवेश गरेको बाईएको छ।