भारतले धान निर्यातमा लगाउँदै आएको भन्सार शुल्क हटायो चामलको मूल्य घट्न सक्ने
कार्तिक १६
भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो ।
भारत सरकारको अर्थ मन्त्रालय राजस्व विभागले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो ।
भारतले धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएपछि नेपाली चामल उद्योगहरू बन्द हुने अवस्थामा पुगेको र नेपाली आम उपभोक्ता महँगो चामल उपभोग गर्न बाध्य हुनुपरेको चामल, दाल, तेल बिक्रेताले बताए।
भारतले धानको निर्यातमा लगाएको भन्सार शुल्कका कारण नेपाल भारत बीचको सदियौंदेखिको रोटीबेटीको सम्बन्धमा समेत प्रभावित बनाएको थियो ।