श्रृङ्गा प्राथमिक स्वास्थ्यकेन्द्रलाई स्थानियले निसुल्क जग्गा दिने । आर्थिक चलखेलका कारण समयमा अस्पताल निर्माण हुन नसकेको स्थानियको गुनासो
कार्तिक २२
छत्रकोट गुल्मी
श्रृङ्गा प्राथमिक स्वास्थ्यकेन्द्रको स्तरोन्नती गरि १५ सैयाको अस्पताल बनाउन स्थानियले निसुल्क जग्गा दिने भएका छन ।
जग्गा बिवादका कारण निर्माण हुन नसकेको अस्पतालको लागि श्रृङ्गा प्राथमिक स्वास्थ्यकेन्दको सांदका चेतनारायण कडेल,शिवलाल कडेल,यज्ञप्रसाद कडेल,पुनाराम कडेल र हरिलाल कडेलले आवस्यक जग्गा निसुल्क दिने बताउनु भएको छ ।
समाजसेबि चुन्डप्रसाद कडेल,बसन्त कडेल ,रामचन्द्र कडेल लगायत जग्गादाताहरु छत्रकोट गाउपालिकामा उपस्थित भई लिखितरुपमा निसुल्क जग्गा दिने प्रतिबद्धता पत्र गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेयलाई हस्तान्तरण गर्नु भएको हो ।
प्रतिबद्धता पत्र बुझ्दै अध्यक्ष पाण्डेयले कार्यपालिका बैठमा छलफल गरि उपयुक्त निर्णय गर्ने बताउनु भयो ।
हाल प्राथमिक स्वास्थ्यकेन्द्र रहेको ठाउमा १५ सैयाको अस्पताल बनाउन सिलन्यास गरि आवस्यक जग्गा १५ लाखमा गाउपालिकाले खरिद समेत गरेको थियो तर तत्कालिन नेतृत्वले बिवादका बिच अस्पताल अन्यत्र बनाउने निर्णय गर्दै प्रकृया अगाडी बढाएको छ ।
आर्थिकचलखेल र अस्पताल नबनाउने बदनियका कारण जग्गाको बिषय तत्कालिन नेतृत्वले गिजोलेको स्थानियले आरोप लगाएका छन ।