५ घण्टामा ३ पटक भूकम्पको धक्का महसुस
कार्तिक २३
गुल्मी।
नेपालको पश्चिमी भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ । स्थानीय समय अनुसार ९ बजेर ७ मिनेट , ९ बजेर ५६ र २ बजेर १३ मिनेटमा ३ पटक भूकम्पको धक्का महसुस भएको स्थानीयले बताएका छन् ।
भूकम्प मापन केन्द्रका अनुसार ९ बजेर ७ मिनेट जाँदा डोटीमा केन्द्रबिन्दु भएको ५ दशमलव ७ म्याग्निच्युडको , ९ बजेर ५६ मिनेट जाँदा ४ दशमलव १ म्याग्निच्युडको र २ बजेर १३ मिनेटमा भूकम्प गएको छ ।
भूकम्पबाट भएको क्षेतिको विवरण भने प्राप्त भएको छैन ।