छत्रकोट गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू,
खेलकुद प्रतियोगितामा भागलिन जानेलाई गाउपालिकाले सम्पुर्ण खर्च दिने
थमन रास्कोटी
माघ २६
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका गुल्मीमा आज देखि पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरू भएको छ । वडा नं. ३ भेडुवा बुढाचौरमा भईरहेको प्रतियोगितामा भलिबल,कबड्डी एथलेटिक्स तर्फ ट्र्याक र फिल्डका विभिन्न खेलमा प्रतिस्पर्धा हुने छ ।
प्रतियोगितामा १४ बिद्यालयका बिद्यार्थी सहभागी भएका छन । प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले गाउँपालिका भित्र बाट बाहिर प्रतियोगितामा भागलिन जाने बिद्यार्थीलाई आवस्यक खर्चको ब्यवस्थापन पालिकाले गरिदिने घोषणा गर्नु भयो । उहाले खेलले अनुसासन सिकाउने बताउनु भयो ।
गाउँपािलका उपाध्यक्ष साबित्रा ज्ञवालीले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र यस्तै खेल बाट राष्ट्रिय खेलाडी बन्ने भएकोले लगनसिल भएर खेल्न आग्रह गर्दै सुभकामना ब्यक्त गर्नु भयो ।
प्रमुख प्रसासकिय अधिकृत वीर बहादुर पुनले सुभकमना दिदै यहाँका बिद्यार्थी केन्द्र सम्म पुग्न सके पालिकाकै गौरब बढ्ने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका पुर्व उपाध्यक्ष नर्मदा भण्डारी , नेकपा एमाले छत्रकोटका अध्यक्ष पिताम्बर अर्याल , नेपाली काङ्ग्रेस छत्रकोटका सभापती धातानन्द भुषाल जिल्ला समन्वय समिती सदस्य महेश्वर भण्डारी ,वडा नं.१ का वडा अध्यक्ष धनश्याम न्यौपाने, सिक्षा समिति सदस्य होमनाथ कडेल,नेपाल शिक्षक महासंघ छत्रकोटका अध्यक्ष पदमपाणी न्यौपाने लगायतले सुभकामना दिदै निस्पक्ष,अनुसासित र सभ्य रूपमा प्रतियोगिता सम्पन्न हुने बिस्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा सामाजिक बिकास समिति संयोजक गुणाकर ज्ञवालीले स्वागत गर्नु भएको थियो । छत्रदेबी एभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुलका बिद्यार्थीले गित र नृत्य बाट स्वागत गरेका थिए ।
प्रतियोगिताको सहजिबरण छत्रकोट गाउपालिकाको खेल संयोजक झक बहादुर मिधुन, राष्टिय रेफ्री सन्तोष पुन र क्षेत्रिय रेफ्रि कमल पुनले गर्नु भएको छ ।
उद्घाटन सत्रको पिटि प्रदर्शनीमा जन माद्यामिक बिद्यालय प्रथम भएको छ । समारोहमा छत्रदेबी एभरग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुल,आत्मबोध माद्यामिक बिद्यालयले पिटी , सरस्वती मा बि,श्रृङ्गा जनता मा बिले नृत्य देखाएका थिए । कार्यक्रमको सहजिकरण शिक्षा शाख प्रमुख टिकाराम आचार्यले गर्नु भएको थियो ।
छत्रकोट गाउँपालिकामा १ संस्थागत संगै १० माध्यमिक र ३४ आधारभुत बिद्यालय छन । राष्ट्रपति रनिङ सिल्ड बिगत ३ बर्ष देखि आत्मबोध माद्यामिक बिद्यालयले जिति रहेको छ । प्रतियोगिता २८ गते सकिने छ ।