खेल मैदान र कभड हलको लागी बजेटमै मिलाउने घोषणा संगै रुरुक्षेत्र गाउपालिकामा रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
फागुन ५
रुरु क्षेत्र गाउपालिका
रुरुक्षेत्र गाउपालिका गुल्मीमा चौथो रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ ।
आज बाट घ्युबेसी खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष यदु ज्ञवालीले प्रतियोगिताले बिध्यार्थिको सृृजनसिलताको बिकास गर्ने भएकाले प्रत्येक वडामा खेल मैदान इन्डोर गेमको लागि कभड हल, रिडि र घ्युबेसी खेल मैदान लाई सुबिधा सम्पन्न बनाउन आगामी दिनमा आबस्यक बजेट बिनियोजन गर्ने बताउनु भयो । खेलले बिद्यार्थीको वास्तविक क्षमता चिनाउदै विश्व मानचित्रमा देशनै चिनाउने बताउनु भयो ।
जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख डिल्ली बिकले हाल सम्म गुल्मीका १२ पालिका मद्ये ८ वटा पालिकामा प्रतियोगिता सम्पन्न भएको र रुरु क्षेत्र गाउपालिका सहित ४ पालिकामा प्रतियोगिता सुरु भएको बताउदै सफलताको सुभकामना ब्यक्त गर्नु भयो । उहाले फागुन ११ देखि १३ गते सम्म जिल्ला स्तरिय प्रतियोगिता हुने समेत बताउनु भयो ।
कार्यक्रममा रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता व्यबस्थापन तथा निर्देसन समितिका सदस्य एबम जनबोध माबिका प्रधानध्यापक बामदेव ज्ञवालीले स्वागत गर्नु भएको थियो ।
कार्यक्रम एबम प्रतियोगिताका वारेमा खेल सचालन उपसमितिका संयोजक एबम वडा न ४का वडा अध्यक्ष मोति श्रेष्ठले जानकारी गराउनु भएको थियो ।
उद्घाटन समारोहमा सस्कृत तथा साधारण मावी रिडिका विद्यार्थीले स्वती बाचन गरेका थिए । समारोहमा रेन्वो इ वो स्कुल, ज्ञवा बलेटक्सार मावी ,जनबोध मावी ,रास्टिय मावीका बिद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण शिक्षा साखा प्रमुख तेज बहादुर कुमालले गर्नु भएको थियो । रुरुक्षेत्र गाउपालिकामा २ सस्थागत सहित ४५ बिद्यालय रहेका छ्न जसमा १ सस्थागत सहित ८ वटा मावी र अन्य आधारभुत बिद्यालय रहेका छ्न । जस मध्ये बाट विभिन्न १२ खेलमा १३ बिद्यालयको सहभागिता रहेको छ । यस अघि लगातार २ बर्ष जनबोध मावीले रनिङ सिल्ड जितेको छ ।