जिल्ला खेलकुद विकास समिति गुल्मीले नेपाली क्रिकेटर अर्जुन कुमाललाई नगदसहित सम्मान गरेको छ । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका ५ का १७ बर्षीय कुमाललाई जिल्ला समन्वय प्रमुख द्रोर्ण खत्रीले सम्मान गरेका हुन्् । पत्रकार सम्मेलनको आयोजना गरेर विकास समितिले पाँच हजार पाँच सय ५५ रुपैयाँसहित कुमाललाई सम्मान गरेको हो । अर्जुनले खेल क्षेत्रका माध्यमबाट समग्र देश र जिल्लाको शिर उचो बनाएकोमा सवैलाई गर्वको महसुस भएको खत्रीले बताए । खेलकुद विकास समितिका अध्यक्ष गिरीप्रसाद महाकिमले समग्र खेल क्षेत्रको विकास र खेलाडीहरुको उत्साहको लागि आफुहरुले रचनात्मक काम गरिरहेकाले अर्जुनलाई पनि सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे