जनज्योती माध्यमिक बिद्यालय गुल्मीले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
बैशाख ३१
रुरुक्षेत्र गाउपालिका ६ रिमुवा
जनज्योती माध्यमिक बिद्यालय रुरुक्षेत्र गाउपालिका ६ रिमुवा गुल्मीले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।
सार्वजनिक सुनुवाईको अध्यक्षता बिद्यालय ब्यवस्थापन समिति एवं वडा अध्यक्ष रोमनाथ पौड्यालले गर्नु भएको थियो । कार्यक्रममा प्रधानाध्यापक भुवनेश्वर भुषलले बिद्यालयको शैक्षिक,भौतीक र सिकाई उपलब्धीको प्रतिबेदन सार्वजनिक गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख झबिलाल बिकले गाउपालिकाले शिक्षामा गरेका काम र आगामी योजनाको बारेमा बताउनु भएको थियो । उहाले बिद्यार्थीको सिकाई उपलब्धी बढाउन शिक्षक, बिद्यार्थी, अभिभावक र सोकारवालाको खबरदारी निरन्तर आवस्यक रहने बताउनु भयो ।
गाउपालिकाको शिक्षा शाखको समन्वयमा गरिएको सार्वजनिक सुनुवाईमा बिद्यार्थी र अभिभावकले जनज्योती माध्यमिक बिद्यालयले दिएको सेवाको बारेमा गुनासो र सुझब दिएका थिए । बिद्यार्थीले स्कुलमा अतिरिक्त क्रियाकलापका सामाग्री प्रयाप्त हुनु पर्ने, बिभिन्न बिषयका शिक्षकहरुले अध्यापन गराएकोमा सन्तुष्ट हुन नसकेको, बिद्यालय नजिकका पसलमा सुर्तिजन्य र मदिराजन्य बस्तु निर्वाद बिक्री भएको, बिद्यालयमा क्यान्टीन आवस्यक रहेको बताएका थिए ।
अभिभावकले बिद्यार्थीलाई उचित परामर्स, लेखाई पढाई दुबैको गृहकार्य दिनु पर्ने, स्कुल बस आवस्यक रहेको, अतिरिक्त कक्षा संचालन गर्नु पर्ने र पूर्वाधार बिकासमा पनि ध्यान दिन बिद्यालय ब्यवस्थापन समितिको ध्यानाकर्षण गराएका थिए ।
अभिभावक र बिद्यार्थीले उठाएका बिषयमा शिक्षक खडानन्द पौड्याल
, प्रधानाध्यापक भुवनेश्वर भुषाल, बिद्यालय ब्यवस्थापन समिति एवं वडा अध्यक्ष रोमनाथ पौड्याल र शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख झबिलाल बिकले जवाफ दिनुभएको थियो ।
जनज्योती माध्यमिक बिद्यालयमा लुम्बिनी प्रदेश मुख्यमन्त्री बिद्यालय सुधार कार्यक्रम अन्तर्गत नवपर्वधन साझेदारी कार्यक्रम, प्राबिधिकधार तर्फ सिभिल इन्जिनियरिङ्ग बिषय ९ १२, दृष्टिबिहिनकोलागि बिशेष शिक्षा र साधारणधार तर्फ नर्सरी देखि कक्षा १२ सम्म अध्यापन हुदै आएको छ ।