५ पाथी काफल टिपेर बुटवल पठाइए,स्थानीय २०–२५ जना काफल टिप्न पुग्छन्
जेठ २
धुर्कोट रजस्थल
पहाडी जिल्लाहरुमा काफल पाक्ने बेला भएको छ । धेरै काफल फल्ने मुख्य सडक नजिकका गाउँमा व्यापार पनि राम्रो भएको छ । तर, पहाडी जिल्लाका गाउँहरुमा काफल व्यावसायीक रुपमाभन्दा पाहुरका रुपमा खुवै दौडिन्छ । काफलको रुख निकै झुरो हुन्छ । रुख चढ्ने सीप नभएकाहरु लड्ने डर पनि उस्तै हुन्छ ।
साना दाना हुने भएकाले धेरै टिप्न समय पनि धेरै लाग्छ । तर, गाउँमा मिलेर काफल टिप्न जंगल जाने र दिनभरमा डालो भनेर आफन्तहरुलाई पाहुरका रुपमा गुन लगाउने चलन यद्यपी रहेको छ । जिल्लामा काफल फल्ने गाउँहरु मध्येको धुर्कोट रजस्थलको काफलपातल सामुदायीक वन हो । नामै काफलपातल । काफल नहुने कुरै भएन । खुवै काफल फल्ने भएकाले काफलपातलको काफल धेरै ठाउँ पाहुरको रुपमा पुग्छ ।
टिपेर धेरै दिन रहँदैन् । काफलपातलमा बिदाको दिन बिद्यार्थीहरु र स्थानीय २०–२५ जना काफल टिप्न पुग्छन् । काफल पाक्न थालेका तीन हप्ता भए । अझै दुई हप्ताजति काफल पाक्छ । एउटाले लगभग दैनिक १०–१२ माना काफल टिप्ने गरेको स्थानीय गणेश थापाले बताए । गत शनिबार मात्रै ५ पाथी काफल टिपेर बुटवल पठाइएको उनले बताए ।
आफुसहित घरका आमा, हजुर आमा र बहिनी गएर काफल टिपेको थापाले बताए । उनले काफल टिपेर केहिबेर घाममा सुकाएपछि नबिग्रने बताए । सदरमुकाम तम्घासमा पनि धेरै ठाउँबाट काफल आउँछ । बजारका चोकहरुमा मान्छेपिच्छेका मुल्य छन् । धेरैले एक सय २० रुपैयाँमा एक माना काफल बेच्ने गरेका छन्