छत्रकोट गाउँपालिका भित्रका सबै विद्यालयलाई प्रबिधि मैत्री बनाउन आई सि टि तालिम प्रदान ।
कालिदास आत्रेय
जेठ ४
गुल्मीको छत्रकोट गाउँपालिकामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत आठ दिवसीय आई सि टि तालिम सम्पन्न भएको छ ।
छत्रकोट गाउँपालिकाको आयोजनामा पालिकाको सभाहलमा संचालित तालिममा गाउँपालिका भित्रका ३७ जना आई टि स्रोत शिक्षकहरुको सहभागिता रहेकोे थियोे । आठ दिन सम्म संचालित तालिम को सहजीकरण प्रशिक्षकहरु कृष्ण खनाल , भूषण भुसाल , गणेश सिन्जाली र विनोद न्यौपाने ले गर्नुभएको थियो ।
गाउँपालिका भित्रका सबै विद्यालयलाई प्रबिधि मैत्री बनाउने उद्देश्यका साथ तालिम सन्चालन गरिएको र निकट भविष्यमा विभिन्न समूह र चरणमा तालीमहरु संचालन गरिने शिक्षा युवा तथा खेलकुद शाखाका शाखा प्रमुख टिकाराम आचार्यले बताउनु भयो।
तालीम निकै उपयोगी र प्रभावकारी भएको सहभागीहरुले बताएका छन् । छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीको अध्यक्षतामा सम्पन्न समरोहमा प्रशिक्षकहरुलाई मायाको चिनो सहित प्रमाणपत्र र सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियोे ।
सो अवसरमा सहभागीको तर्फबाट धनपती पन्थ , प्रशिक्षकको तर्फबाट कृष्ण खनाल र प्रमुखको प्रशासकीय अधिकृत वीर बहादुर पुनले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रममा बोल्दै प्रशासकिय अधिकृत पुनले विद्यालयलाई प्रबिधि मैत्री बनाउन भएका सामग्रीहरुको अत्यधिक प्रयोग गर्दै नयाँ उपकरणहरु थपिदै जाने कुरामा प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे । तालीमको समापन गर्दै उपाध्यक्ष सवित्रा ज्ञवालीले तालिममा सिकेका कुरा सिकाईमा मात्र सिमित नराखी व्यबहारमा लागु गर्नु जोड दिनुभएको थियोे । कार्यक्रमको सन्चालन शिक्षा अधिकृत टिकाराम आचार्यले गर्नु भएको थियोे ।