छत्रकोट गाउँपालिकाको एक बर्षे उपलब्धि सार्वजनिक, करिब अर्धसतक उपलब्धी हासिल गरेको दाबी ।
जेठ ७
गुल्मीको छत्रकोट गाउँपालिकाले एक बर्षे उपलब्धि सार्वजनिक गरेको छ । हिजो आइतबार गाउँपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष रामप्रसाद पाण्डेले एक बर्षमा उल्लेखनीय काम गरेको दाबी गर्नु भयो ।
नागरिक सहायता कक्ष देखि पालिकाको प्रसासकिय भवन निर्माण प्रक्रिया पुरा गरेको सम्मका करिब ५० वटा उपलब्धी सार्वजनिक गर्दै, निर्वाचित भएको १ बर्षमा धेरै उपलब्धी हाँसिल गर्न सफल भएको उहाले बताउनु भयो ।
स्वास्थ्यको क्षेत्रमा परिणाममुखी काम गरेकोेको,स्थानियको न्युनतम बिद्धुत महसुल छुट गरेको, एक बर्षको अवधिमा केही सडकहरु पक्की गरेको, पालिकाको प्रसासकिय भवन निर्माण प्रक्रिया अगाडी बढाएकोे, २ वटा नयाँ एम्बुलेन्स खरिद गरि सुत्केरीको लागि निशुल्क एम्बुलेन्स संचालनमा ल्याएको,बर्षायाममा पहिरोका कारण अवरुद्ध हुने स्थानिय सडक तत्काल सुचारु गर्न डोजर खरिद गरिएको, १५ सैयाको अस्पताल निर्माणको लागि जग्गा प्रप्ती गरेको, जिपलाइन निर्माण प्रक्रिया लगायतका कामहरु गरेको अध्यक्ष पाण्डेले बताउनु भयो ।