छत्रकोट गाउँपालिका गुल्मीको बजेट सर्वसहमतीमा पारित,सबै भन्दा धेरै रकम प्रसासकिय भवनलाई ।
असार १०
छत्रकोट गाउँपालिका
छत्रकोट गाउँपालिका गुल्मीको अर्थिक बर्ष २०८० /८१ को बजेट सर्वसहमतीमा पारित भएको छ ।
गाउँपालिकाको १५ औं अबिधेसनको दास्रो बैठकमा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले ५५ करोड ५ लाख ६० हजार ६ सय ७१ रुपैयाको बजेट सभामा प्रस्तुत गर्नु भएको थियो ।
जसमा चालु तर्फ ३५ करोड ७४ लाख २५ हजार ४ सय र पूजिगत तर्फ १९ करोड ३१ लख ३५ हजार २ सय ३९ रुपैया बिनियोजन गरिएको छ ।
बजेटमा पूर्वाधार बिकासमा गाउँपालिकाको भवन बनाउन सबै भन्दा धेरै २ करोड र मैनडाडा तारुक मोटर बाटोको लागि सबै भन्दा थोरै ३० हजार रुपैया बिनियोजन गरिएको छ ।
यस्तै बातावरण तथा बिपद ब्यवस्थापनमा दिगामको पहिरो ब्वस्थापनमा १२ लाख र बहुचर्चित बन्यजन्तु बनमै भुलाउन, बालिजोगाउन फलफुलका बिरुवा लगाउन ३ लाख बिनियोजन गरिएको छ ।
उत्कृष्ठ पत्रकार पुरस्कृतको लागि १ लाख र भ्रमणको लागि १८ लाख बिनियोज गरिएको छ ।
वडालाई बिनियोजन गरिएकोमा वडा नं. १ हुँगालाई १८ लाख, वडा नं. २ पल्लिकोटलाई १७ लाख, वडा नं.३ हर्दिनेटालाई २२ लाख, वडा नं. ४ दिगामलाई २१ लख ५० हजार,वडा नं. ५ खज्र्याङ्गलाई १८ लाख ५० हजार र वडा नं. ६ दौघा लाई १८ लाख बिनियोजन गरिएको छ । यो गत बर्षको तुलनामा करिब आधा बजेट हो यसमा वडालाई बिनियोजन गरिएकोमा सबै भन्दा धेरै वडा नं ३ हर्दिनेटालाई २२ लाख दिईएको छ ।
सभाले छत्रकोट गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक पनि सर्वसहमतिमा पारित गरेको छ । गाउँपालिका अध्यक्ष, सभाध्यक्ष राम प्रसाद पाण्डेयले सभा संचालन गर्दै, बिधेयक र बजेट सर्वसहमतिमा पारित भएको घोषणा गर्नु भएको थियो । प्रमुख प्रसासकिय अधिकृत बीर बहादुर पुनले सभामा सहजिकरण गर्नु भएको थियो ।