गुल्मीदरवार गाउँपालिकाको बजेट साढे ४४ करोड बढिको,१३ गते पास गर्ने योजना ।
असार ११
जिल्लाको गुल्मीदरवार गाउँपालिकाले साढे ४४ करोड बढिको बजेट गाउँ सभामा पेश गरेको छ । गाउँपालिका उपप्रमुख तारा थापा ढेँगाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, रोजगार, पुर्वाधार लगायतका बिविभन्न क्षेत्रमा बजेट बिनियोजन गरेकी छन् ।
बजेट माथि सभा सदस्यहरुले छलफल गरेपछि आगामी १३ असारमा पास गर्ने योजनामा गाउँपालिका रहेको छ । त्यस्तै सभाले गाउँपालिका अध्यक्ष सरोजकुमार थापाद्धारा प्रस्तुत आर्थिक बर्ष ०८०रू०८१ को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ ।
नीति तथा कार्यक्रममा गाउँसभा सदस्यहरुले आआफ्नो धारण राखेका थिए । त्यस्तै गाउँसभामा गाउँपालिकाको लेखा समिती गठन तथा संचालन कार्यविधी, कर्मचारी कल्याणकारी कोष र बिधायन समिति गठन समिति सम्बन्धि बिध्येक पेश भएका छन् ।