धुर्कोट गाउँपालिकाले ५५ करोड ६६ लाख २९ हजार ९५० रुपैँयाको बजेट प्रस्तुत गरेको छ ।
चालुतर्फ ६४.२३ र पुजीँगत तर्फ ३५.७७ प्रतिशत
असार ११
गुल्मीको धुर्कोट गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ५५ करोड ६६ लाख २९ हजार ९५० रुपैँयाको बजेट प्रस्तुत गरेको छ । आइतबार गाउँपालिका उपाध्यक्ष सीता गिरीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
कुल बजेटमध्ये चालुतर्फ ३५ करोड ७५ लाख ५७ हजार अर्थात ६४.२३ प्रतिशत र पुजीँगत तर्फ १९ करोड ९० लाख ९५० अर्थात ३५.७७ प्रतिशत बिनियोजन गरिएको छ ।
आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय समानिकरण अनुदान नौ करोड ३७ लाख, सशर्त अनुदान २७ करोड ७५ लाख, राजस्व बाडफाडबाट आठ करोड २१ लाख ४५ हजार दुई सय, समपुरक अनुदान एक करोड, विशेष अनुदान दुई करोड १५ लाख अनुमान गरिएको छ ।
त्यसैगरी प्रदेश सरकारबाट सशर्त अनुदान ८१ लाख ५० हजार, राजश्व बाडफाडबाट ४३ लाख समपुरक अनुदान एक करोड लगायतका शिर्षकमा आयको अनुमान गरिएको छ । पालिकाले विपत व्यवस्थापन कोषमा ४० लाख बिनियोजन गरेको छ । त्यस्तै सिँचाई, कृषि, पर्यटन, शिक्षा, उद्योग तथा बाणिज्य लगायतका शिर्षकमा बजेट बिनियोजन गरेको छ ।.