सत्यवती गाउँपालिका गुल्मीको आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसहमतिमा पारित ।
चुरामणी तिमेलसेना
असार ३१
सत्यवती गाउँपालिका
सत्यवती गाउँपालिका गुल्मीको आर्थिक वर्ष २०८०/८१ को बजेट सर्वसहमतिमा पारित भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को लागि ५५ करोड ४ लाख ९३ हजार ५ सय ३३ रुपियाँको बजेट प्रस्तुत गरिएको थियो ।
सभामा पालिका उपाध्यक्ष निरमाया तरामुले बजेट प्रस्तुत गर्नु भएको थियो ।
बजेटमा गोरु पाल्ने किसान लाई प्रोत्साहन स्वरुप रु। पाँच हजार प्रदान गर्ने , गोठालाका लागि एक वर्षका लागि निशुल्क बिमा गर्ने , उत्कृष्ट कृषक लाई सम्मान , छात्रावृत्ति कार्यक्रम चिया खेती प्रबर्द्धन, पर्यटन पुर्वधार, पालिका भवन , विभिन्न प्रोत्साहन कार्यक्रम लाई प्राथमिक्तामा राखी बजेट बिनियोजन गरिएको सभाका अध्यक्ष टिकाराम पाण्डेले बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल , सभाका सदस्यहरु लगायतको सहभागिता रहेको सभामा विभिन्न समितिका संयोजकले वर्ष भरी गरेका कामको समिक्षा गर्दै बुदागत रुपमा सुझाव समेत प्रस्तुत गरेका थिए ।
सभामा, यस वर्ष झन्डै ४ करोड बेरुजु घट्ने र बाकी ११ करोड पनि क्रमस घटाउदै लैजाने , हरेक काम लाई योजना सम्झौता गरि समयमै सम्पन्न गरिने प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसाल बताउनु भएको थियो ।