रुवायो बाँदरले किसानलाई
कृष्ण अन्जान
च्यूरेक गुल्मी
साउन १७
रुरुक्षेत्र गाउँपालिका वडा न १ को च्यूरेक क्षेत्र बाँदर र ढेँडुवाले अत्यधिक दुख दिने क्षेत्र हो ।
यहाँको स्यालपोखरी ,नेटाईपोखरी ,ठुलापोखरा र झ्वाँले क्षेत्र र तल्लो च्यूरेककोबुढाआँप ,जिमिरखर्क ,
डिहिडाँडा र ठाडाबाटा क्षेत्रमा ढेँडुवा बाँदरको बाह्रमासै वास हुने गरेको छ र पछिल्लो चरणमा मध्य च्यूरेकको बिसौना ,खनिडाँडा ,जमदारटोल र अम्लपाटा ,भँडारथुम क्षेत्रका वासिन्दाहरुलाई बाँदरले दुख दिन थालेको छ ।
मुख्यरुपमा पहार तर्फको जँगल र नजिकै रहेको झ्वाँलेपाखो सामुदायिक वन क्षेत्र सँग जोडिएको उपल्लो च्यूरेकमा ढेँडुवा बाँदर सजिलै गाउँमा पस्छ भने तल्लो च्यूरेकमा रिडीको रातामाटा र विष्णुपन्जरका बाँदर तेर्सिएपछि तल्ला च्यूरेकमा जाने गरेको छ भने आहाराको खोजिमा मध्य च्यूरेकमा पनि बाँदरले दुख दिन थालेको छ ।
च्यूरेक गाउँलाई जँगलले घेरेपनि जँगलीक्षेत्रमा बाँदर भुल्ने फलफुलका कुनै बोटबिरुवा नहुँदा बाँदर ढेँडुवाको आक्रमणमा गाउँमा लगाईएको कृषि वालि पर्ने गरेको छ ।बाँदर ढेँडुवाले दुख दिन थालेपछि स्थानीय वासिन्दाले जनप्रतिनिधि हरुलाई गुहार्न थालेका छन ।
के गर्ने समस्या छ एकपछि अर्को फोन बाँदर ढेँडुवाले दुख दिए लखेटनै सकिएन भनेर आउँछ आफुले सकिन्न लखेट्ने मान्छे पाइँदैन साह्रै समस्या पो भयो त रुरुक्षेत्र १ का वडा सदस्य घनस्याम ज्ञवाली भन्छन ।
हुनपनि गाउँमा युवा छैनन घर बृद्धअबश्थाका बा आमा छन बाँदरले वाली खाएपनि हेरेर बस्नु बाहेक कुनै उपाय छैन गाउँमा ।
पछिल्लो चरणमा बाँदर यति अटेर बनेका छन कि मान्छेलाई पनि आक्रमण गरिहाल्छन ।केही समय अगाडी बुढाआँप क्षेत्रमा रुरुक्षेत्र १ ठाडाबाटका खिम बहादुर क्षेत्रिले बाँदरले आक्रमणको प्रयास गरे एक्लै दुक्लैले लखेट्न सकिने कुरै भएन ।
रुरुक्षेत्र गाउँपालिका वडा न ३ मा बाँदर लखेट्ने हेरालोको व्यवस्था गरेपछि अन्य वडामा पनि हेरालोको व्यवस्था गर्न दवाव परेको छ ।
गाउँमा मान्छे पाइँदन तैपनि हामीले हेरालो राख्नका लागि पहल गर्दैछौँ वडा सदस्य घनस्याम ज्ञवाली भन्छन ।
अझै रुरुधाममा तिनमुखे पुल बनेपछि स्याङ्जा पाल्पा तिरका बाँदर ढेँडुवा गुल्मी तिर र गुल्मी तिरका बाँदर ढेँडुवा उतातिर हुलका हुल आउन जान सजिलो भएपछि समुहका समूह बाँदर ढेँडुवाको झुण्ड रिडी च्युूरेक रातामाट थानपति भट्कुवा क्षेत्रमा कृषि वालिमा आक्रमण गरिरहेको च्यूरेकबाट पत्रकार कृष्ण अन्जानले खवर पठाउनु भएको छ।