छत्रकोट गाउँपालिकमा बार्षिक समिक्षा र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न,कृर्षक पेन्सन, ब्लक समिति बिघटन गरिदै ।

 

छत्रकोट गाउँपालिकमा बार्षिक समिक्षा र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न,कृर्षक पेन्सन, ब्लक समिति बिघटन गरिदै ।
साउन २९
छत्रकोट गाउँपालिका गुल्मीले बार्षिक समिक्षा र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । हिजो आईतबार पालिकाको सभाहलमा आर्थिब बर्ष २०७९/८० को आय ब्यय र उपलब्धी सार्वजनिक गर्दै सरोकारवाला बिच समिक्षा गरिएको हो ।

कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी पूर्व जनप्रतिनिधीहरुले बित्तिय प्रगती उच्च बाउन सुझब दिएका थिए । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर पुनले कुल ६० करोड ९८ लाख ३० हजार १ सय १ रुपैय ७७ पैसा बराबरको आर्थिक एवं प्रप्त उपलब्धी प्रतिबेदन सार्वजनिक गर्नु भएको थियो ।

कुल बजेटको ८५.२८ प्रतिसत खर्च भएकको र सबै भन्दा धेरै समाजिक बिकास समिती मार्फत ९०.७७ प्रतिसत, सबै भन्दा थोरै आर्थिक बिकास समिति मार्फत ६०. ६५ प्रतिसत,सुसासन तथा अन्तर सम्बन्ध तर्फ ९०. ३५ प्रतिसत,पूर्वाधार बिकासमा ८३. ३५ प्रतिसत र कार्यालय तथा प्रसासन तर्फ ७७. ०५ प्रतिसत खर्च भएको छ । गाउँपालिकाले गत बर्ष हासिलगरेको बिकास र उपलब्धी पनि सार्वजनिक गरिएको थियो । गाउँपालिकाको ६ वटा वडामा ३ सय ८२ योजना संझौता गरेकोमा जम्मा ३ सय ५७ योजना सम्पन्न गरेको छ । २५ वटा योजना बिभिन्न कारणले सम्पन्न हुन सकेनन्, यस बिषयमा सरोकारवालाहरुले जिज्ञासा र सुझाब राखेका थिए ।

बार्षिक समिक्षा पछि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो । सुनुवाइमा स्थानिय भुवन टण्डन,बिष्णु पन्त,नारायण प्रसाद ज्ञवाली,बिकासचन्द्र खरेल,लोकनाथ पाण्डेय,पशुपती न्यौपाने,अमृता जिसी,शामलाल पन्थ,धातानन्द भुषल,पूर्व जन प्रतिनिधी धातानन्द भण्डारीले, गुणस्तरिय स्वास्थ्य सेवा,शिक्षा,सडक पूर्वाधार, जग्गा बर्गिकरण, आयोजना योजना अनुगमन, निर्माण भएका संरचनाको गुणस्तर,सुसासन, कृषक पेन्सन,गाउपालिकाले बिभिन्न क्षेत्र समेटेर बताएको कृषी ब्लकका बिषयमा प्रश्न गर्नुृभएको थियो ।

सवाल जवाफको क्रममा,उठेका प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले, गाउँपालिकाले बिगतका बर्षमा बितरण गरेको र निकैनै चर्चा गरिएको कृर्षक पेन्सन अब्यबहारिक र “कृर्षक पेन्सन” नाम राखि भ्रम सृजना भएकोले लाई पुनर बिचार गरिने र पूराना ब्लक समिति बिघटन गरि साबिकको वडा स्तरिय टोलबिकास समिति गठन गरिएको बताउनु भयो ।

कृर्षक पेन्सन उत्पादित बस्तु बिक्रीका आधारमा किसानलाई दिइने प्रोत्साहन रकम हो, यस कार्यक्रमलाई पूर्व गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले निकैनै प्राथमिकताममा राख्नु भएकको थियो ।

सवाल जवाफको क्रममा,उठेका प्रश्नको जवाफ उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर पुन, वडा नं. ४ का अध्यक्ष गुणकर ज्ञवाली, वडा नं. ५ का अध्यक्ष राम प्रसाद कडेल,शिक्षा शाखा प्रमुख टिकाराम आचार्य,श्रृङ्गा प्राथमिकक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर बिबेकक बिराट खनाल,ईन्जिनियर पुस्कर खनालले उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।समिक्षा कार्यक्रमको सहजिककरण योजना अधिकृत हरि टण्डनले गर्नु भएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको सहजिककरण रेडियो श्रृङ्गु्ेश्वरको प्रतिनिधित्व गर्दै पत्रकार भुवन भुषालले गर्नु भएको थियो ।