रुरुक्षेत्र गाउँपालिका वडा नं.२ ग्वादीका सबै भित्री सडक सुचारु ।
मंसिर ७
रुरुक्षेत्र गाउँपालिका वडा नं. २ ग्वादी गुल्मीका सबै भित्री सडक सुचारु भएका छन । आर्थिक बर्ष ८० /८१ को बिनियोजित योजना अन्तर्गत,बर्षा पछि बाटो सफा गर्ने काम सम्पन्न भए पछि भित्री सडक सुचारु भएका हुन ।
१० प्रतिशत श्रमदान सहित करिब ८ लाख रुपैयाको लागतमा, वडा नं. २ का सबै कच्ची मोटरबाटो मर्मत तथा सरसफाई उपभोक्ता समितिले भित्री सडक मर्मत तथा सुचारु गर्ने काम गरेको समितिका अध्यक्ष ज्ञान बहादुर लामिछानेले बताउनु भयो ।
करिब ५५ किलोमिटर मोटरबाटो सफा गरिएको छ । उपभोक्ता समितिले भित्री सडक मर्मत तथा सुचारु गर्ने काम सम्पन्न गरे पछि बुधबार सम्पन्न कामको अनुगमन गरिएको छ ।
अनुगमनमा गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतम, कार्यबाहा वडा अध्यक्ष थर्कबहादर कुँवर, अनुगमन समितिका सदस्य सचिब रुद्रहरी पुरी, इन्जिनियर मिलन श्रेष्ठ, सब इन्जिनियर दिनेश दर्लमी लगाएको सहभागिता रहेको थियो । काम बिनियोजित योजना अनुसार सम्पन्न भएको सदस्य सचिब पुरीले बताउनु भयो