सत्यवती गाउँपालिकामा भोली सोमबार सार्वजनिक बिदा ।
मंसिर १०
सत्यवती गाउँपालिका गुल्मीले भोली सोमबार सार्वजनिक बिदा दिएको छ । सत्यवतीमा ठुलो मेला लाग्ने भएकाले बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले जानकारी दिनुभयो ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि भिकुमा पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिइएको भुसालले बताउनुभयो । सोमबार गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था र पालिका भित्रका सङ्घ संस्थाहरु बन्द रहने पालिकाले जनाएको छ ।