धुर्कोट ४ माओवादी केन्दको अधिवेशन सम्पन्न,लक्षमण विकको अध्यक्षतामा २७ सदस्यीय नयाँ कमिटीको गठन।
मंसिर १०
नेकपा माओवादी केन्द्र धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोक गुल्मीको वडा कमिटी अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले लक्षमण विकको अध्यक्षतामा २७ सदस्यीय माओवादी केन्द्र वडा कमिटीको गठन गरेको छ । जसको उपाध्यक्षतामा रामप्रसाद कोइराला, विजय पोखरेल र पार्वती घर्ती, सचिवमा गीता पोखरेल, सह–सचिवमा भीम पाण्डे र कोषाध्यक्षमा अञ्जना नेपाली लगायतका अन्य सदस्यहरु रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका माओवादी केन्द्र केन्द्रीय कमिटी सचिव हितमान शाक्यले देशको परिवर्तनका लागि माओवादी केन्द्र अग्र भागमा रहेर काम गरिरहेको बताए ।
कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महरा लगायत माओवादी केन्द्रका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारहीको आतिथ्यता रहेको थियो ।
कार्यक्रम नेकपा माओवादी केन्द्र जैसिथोक वडा कमिटीका निवर्तमान अध्यक्ष कृष्ण अधिकारीको अध्यक्षता एवं सचिव रुद्र घिमिरे र अखिल क्रान्तिकारी गुल्मीका अध्यक्ष राजन पोखरेलको संचालनमा सम्पन्न भएको थियो ।