छत्रकोटमा नेकपा एमाले गुल्मीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु ।
मंसिर १३
छत्रकोट गाउँपालिका
नेकपा एमाले गुल्मीको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम छत्रकोट गाउँपालिकामा आज बुधबार सुरु भएको छ ।

संगठन सुदिृढिकरण र बिस्तारको लागि पालिका स्तरिय अगुका कायकर्ता प्रशिक्षण गर्न लागिएको हो । प्रशिक्षण कार्यक्रममा नेकपा एमाले गुल्मीका इन्चार्ज, एमालेका पोलिटब्युरो सदस्य सुर्य थापा लागायतले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले छत्रकोट गाउँपालिका सचिब यज्ञ बहादुर पाण्डेयले बताउनु भयो ।
प्रशिक्षण कार्यक्रम २ दिन सम्म संचालन हुने छ । पालिका र जिल्लाको अधिबेशन नजिक आउदै गर्दा केन्द्रिय नेताहरु बाट पालिका स्तरमा प्रशिक्षण हुनुलाई महत्वका साथ हेरिएको छ । नेकपा एमालेको गत असोज ३० गतेको बैठकले जिल्ला तथा पालिका तहका अधिवेशन आगामी माघ मसान्तभित्र सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ।