नेपाली कांग्रेस पदाधिकारी बैठक आज दिउँसो बस्ने ।
मंसिर १३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन्।
बैठक आज बुधबार दिउँसो १ बजे धुम्बाराहीमा बस्ने गरी बोलाइएको हो। बैठकमा महासमिति बैठकको तयारीका विषयमा छलफल हुने बताइएको छ।कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने गरी तय भएको छ।