गुल्मीमा सढे तिन सय एच आई भी संक्रमित,दुई सय तिन जनाले नियमित औषधी सेवन गर्छन ।
मंसिर १५
गुल्मीमा बरिब सढे तिन सय एच आई भी संक्रमित रहेका छन । दुई सय तिन जनाले नियमित औषधी सेवन गर्ने गरेको स्वास्थ्य कार्यालय गुल्मीले जनाको छ ।
कार्यालयका अनुसार सबै भन्दा धेरै सत्यवती गाउँपालिका र सबै भन्दा थोरै कालिगण्डकी गाउँपालिकामा संक्रमित रहेका छन । एच आई भी संक्रमित जोडी बाट जन्मिएका बच्चा मध्ये तिन जनामा संक्रमण नरहेको पनि स्वास्थ्य कार्यालय गुल्मीका यसै क्षेत्रमा काम गर्नु भएका अहेब पुस्कर घिमिरेले बताउनु भयो ।
गुल्मीमा संक्रमण भएकाहरु मध्ये ,भारतमा रोजगारिको लागि गएर आएकाहरुमा धेरै संक्रमण भएको पाईएको अहेब घिमिरेले बताउनु भयो ।
विश्व एड्स दिवसले यौन स्वास्थ्य, प्रजजन अधिकार एवं प्रजजन स्वास्थ्यका बिषयमा खुलेर कुरा गर्न बतावरण बनाउ छ । रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु र सचेतनाका साम्रगीहरु बोकेर विभिन्न र्याली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाईन्छ ।
एचआईभी र एड्स दुईटा भिन्न कुराहरु हुन्, एचआईभी एउटा भाईरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ ।
हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । आजभोली विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने औषधी नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको बाँचीरहेका पनि छन ।
एचआईभी संक्रमितसंग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्दैन । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र औषधी नियमित सेवन नगर्ने संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।
नेपालमा एचआईभी को प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । असुरक्षीत यौनजन्य क्रियाललापहरुका कारणले हुने संक्रमण भएकाले नेपालमा एचआईभी संक्रमितहरु धेरै समयसम्म लुकेर बस्ने गर्द छन। समाजमा थाहा भएपछि धेरै जना एचआईभी संक्रमितहरुले अवहेलनाको सामना गरेका घेरै उदाहरणहरु अझै पनि समाजमा सुन्न सकिन्छ । तर पछिल्लो समयमा समस्या बताउने उपचार गर्ने र नियमित औषधी सेवन गर्ने संख्या बढेको छ ।