नयाँ नेतृत्व चयन गर्दै अनेम संघ छत्रकोट गाउँपालिका कमिटीको अधिबेशन सम्पन्न ।
मंसिर २५
नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ छत्रकोट गाउँपालिका कमिटी गुल्मीको दोस्रो अधिबेशन हिजो छत्रकोट गाउँपालिकामा सम्पन्न भएको छ ।

अधिबेशनले गंगा पन्थ अध्यक्ष रहेको २३ सदस्य नयाँ कार्य समिति सर्वसहमतिमा चयन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नर्मदा भण्डारीले नव निर्वाचित गाउँपालिका कमिटीका पदाधिकारिलाई सुभकामना दिदै पार्टी र सार्वजनिक सरोकारका संघ संस्थामा महिला नेतृत्वको प्रभावकारी सहभागिता आवस्यक रहेको बताउनु भयो । उहाले महिला हकहित स्थापित गर्न यस्ता संगठन प्रभाबकारी हुने बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कामिटी सदस्य राम प्रसाद पाण्डेय, पालिका सचिब यज्ञ बहादुर पाण्डेय,पालिका सदस्यहरु साबित्रा ज्ञवाली,गुणाकर ज्ञवाली, डिलाराम न्यौपाने लगायतका नेताहरुको समेत सहभगिा रहेको थियो । कार्यक्रम निरु पल्लीले संचालन गर्नु भएको थियो ।