श्रृङ्गा जनता माध्यमिक बिद्यालयका बिध्यार्थीलाई जर्सी बितरण ।
पुस २२
श्रृङ्गा जनता माध्यमिक बिद्यालय छत्रकोट गाउँपालिका ४ गुल्मीका बिध्यार्थीलाई जर्सी बितरण गरिएको छ । आज एक समारोहका बिच स्थानिय पूर्व बिध्यार्थी श्रीधर कडेलले आफ्ना माता पिता गीता कडेल र खिमलाल कडेल मार्फत बिद्यालयको नामाङ्कित २२ सेट खेलाडीले लगाउने जर्सी बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र कडेललाई हस्तान्त्रण गर्नु भएको हो ।
उक्त जर्सी पालिकामा २३ गते बाट संचालन हुन लागेको राष्ट्रपती रनिङ्ग सिल्ड प्रतियोगिता लक्षित गरि बितरण गरिएको गीता कडेलले बताउनु भयो ।
बिद्यालयको तर्र्फ बाट दातालाई सम्मान गर्दै प्रधानाध्यापक बिकासचन्द्र खरेलले धन्यबाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम शिक्षक रमेश पन्थले संचालन गर्नु भएको थियो ।



