छत्रकोट गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरु, खेलको ब्यवसायिकताको लागि आश्वासन मात्र पुस २४ छत्रकोट गाउँपालिका गुल्मीको छैठौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सुरु भएको छ । बिध्यार्थीको सर्वाङ्गीण बिकासको लागि पालिकाले नियमित गर्ने कार्यक्रम अन्तर्गत हिजो एक समारोहका बिच बुढाचौर खेल मैदान भेडुवामा प्रतियोगीता सुरु गरिएको हो ।
प्रतियोगीतामा एथलेटिक्स र भलिबलका गरि २६ खेल खेलाईने छ । १४ बिद्यालय सहभागी प्रतियोगीता उद्घाटन समारोहमा १३ वटा बिद्यालयको मार्चपास प्रतियोगीता गराईएको थियो । श्रृङ्गा जनता माध्यमिक बिद्यालयको मार्चपास उत्कृष्ठ भएको थियो ।
उद्घाटन समारोह एवं गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बर्तमान अवस्थामा खेललाई हेर्ने दृष्टिकोण अभिभावक बिध्यार्थी सबैको फेरीदै गएको बताउनु भयो । उहाले ब्यवसायिक खेलाडिको सम्भाना रहेकोले पालिकाले खेललाई प्राथमिक्तामा राखेको दाबि गर्नु भयो ।
कार्यक्रममा गाउँपालिका पूर्व उपाध्यक्ष नर्मदा भण्डारी,गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, वडा नं. ४ का वडा अध्यक्ष गुणाकर ज्ञवाली, शिक्षक महासंघ छत्रकोट गाउँपालिका अध्यक्ष पदमपाणी न्यौपाने लगायतले सुभकामना ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर पुनले स्वागत गर्नु भएको थियो । कार्यक्रममा समाजसेबी बद्री घिमिरेले कबिता बाचन गर्नु भएको थियो । शिक्षक, बिध्यार्थीले नृत्य, नाटक तथा भजन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख टिकाराम आचार्यले गर्नु भएको थियो ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता पालिकाको आयोजना हुन लागेको आधा दर्जन पटक भयो । नेतृत्वपंतिले सार्वजनिक समारोमा खेलको बिकास, ब्यवसायिकताको बिषय पटक पटक उठाउने गरेको छ । तर बिद्यालयमा यसको बिकास र ब्यवसायिकताको लागि आर्थिक र अन्य आवस्यक ब्यवस्थापनमा गाउँपालिकाले आवस्यक लगानी बढाएको देखिदैन ।
© Copyright - 2026 Ruru Multi Media Pvt. Ltd.. All rights reserved. Powered By: Nectar Digit