सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी
पुस २७
सरकारले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारी गरेको छ । ‘संघ, प्रदेश र स्थानीय तह (समन्वयन तथा अन्तर्सम्बन्ध) ऐन २०७७’ को व्यवस्थाअनुसार सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने विषयमा छलफल भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने तयारीबारे प्रदेश सरकारका कृषिमन्त्री र सचिवहरूसँग छलफल भएको बताईएको छ ।
फलफूल विकास केन्द्रले ०७६/७७ मा गरेको अध्ययनअनुसार २६ हजार पाँच सय ९१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको छ । जसमा कोशी प्रदेशमा ५ हजार ९ सय ९६ हेक्टर, बागमती प्रदेशमा ४ हजार ३ सय ४८, गण्डकी प्रदेशमा ७ हजार ७ सय ९५, लुम्बिनी प्रदेशमा ३ हजार ८९ हेक्टर, कर्णाली प्रदेशमा ३ हजार ६ सय १७, सुदूरपश्चिममा १ हजार ७ सय ४६ हेक्टरमा सुन्तला खेती हुँदै आएको तथ्यांक छ । ६ वटै प्रदेशमा उत्पादनशील क्षेत्रफल १४ हजार ५ सय ५१ हेक्टर जमिन रहेको छ । उत्पादन १ लाख ५६ हजार प्रतिटन रहेको केन्द्रको भनाइ छ ।