पुस २९
छत्रकोट गाउँपालिका खर्ज्याङ्ग
खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेड छत्रकोट गाउँपालिका ५ गुुल्मीको ८ औं साधारण सभा तथा अधिवेशन हिजो सम्पन्न भएको छ ।
अधिवेशनले सरोज पाण्डेयको अध्यक्षतामा ८ सदस्य नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
साधारण सभाका प्रमुख अतिथी जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोईरालाले सुभकामना दिदै हेल्थ लिमिटेडले संचालन गरेको अस्पतालले नागरिकको बिश्वास जित्नु पर्ने बताउनु भयो । यसको लागि शेयर सदस्यहरु एक भएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका बिशिष्ठ अतिथी लुम्बिनी मेडिकल कलेज पाल्पाका, कम्पनी सचिब कृष्ण पराजुलीले, खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेड र लुम्बिनी मेडिकल कलेज पाल्पाको संयुक्त लगानिमा संचालन गरिएको, पब्लिक लुम्बिनी युनाईटेड अस्पताल मेडिकल कलेजको सामाजिक उत्तरदायित्व अन्तरगत भएको भएको बताउनु भयो । पब्लिक लुम्बिनी युनाईटेड अस्पतालमा दक्ष जनशक्ति र आवस्यक उपकरणको कमिहुन नदिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रमका बिशिष्ठ अतिथी छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले २ जना मेडिकल अधिकृत सहित गाउँपालिकाले नै स्वास्थ्य सेवा दिइरहेकोले, पब्लिक लुम्बिनी युनाईटेड अस्पतालले बिशेषज्ञ डाक्टर सहित सेवा दिन सके प्रभावकारी र दिगो हुने बताउनु भयो । उहाले पब्लिक लुम्बिनी युनाईटेड अस्पताल, लुम्बिनी मेडिकल कलेज पाल्पाको संरक्षणमा रहेकोले, मेडिकल कलेजको जस्तै बिश्वास दिन दुईवटै लगानीकर्ता कम्पनीलाई सुभकामना दिनु भयो ।
अस्पतालका मेसु डाक्टर यम बहादुर बस्नेतले लगानीकर्ताले अस्पतालमा लगानी गरेपछि कति पैसा नाफा भयो भन्नु भन्दा कतिको ज्यान जोगियो, कतिले नयाँ जीवन पाए भन्ने हेर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका उपप्रमुख लक्ष्मी ज्ञवाली,जिल्ला समन्वय समिति गुल्मीका सदस्य महेश्वर भण्डारी, नेपाली कांग्रेस गुल्मीका कार्यबहाक सभापती अनन्त पौड्याल, प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रामलाल पराजुली, शेयर सदस्यहरु नरायण खनाल,शेर बहादुर थापा,बोधराज ज्ञवाली पबित्रा श्रेष्ठ लगायतले सुभकामना ब्यक्त गर्नु भएको थियो कार्यक्रम कार्यकारी निर्देशक नारायण अर्यालले संचालन गर्नु भएको थियो । लुम्बिनी मेडिकल कलेज पाल्पा र खर्ज्याङ्ग पब्लिक हेल्थ लिमिटेडको संयुक्त लगानिमा संचालन गरिएको पब्लिक लुम्बिनी युनाईटेड अस्पताल छत्रकोट गाउँपालिका ५ गुुल्मीमा MDGP डाक्टर र प्रत्येक बुधवार फरक फरक रोगका बिशेषज्ञ डाक्टर बाट सेवा सुरु गरेको छ ।


