माघ १
रिडी गुल्मी
आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।
मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । आज देशभर बिभिन्न जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, र प्रकृतिले मनाउने गरेका छन् । माघ १ गतेदेखि उत्तरायण शुरु हुने र दिनभन्दा रात छोटा हुँदै जान्छन् भन्ने बिस्वास छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।
माघे सङ्क्रान्ति र माघी पर्वको अवसरमा गुल्मीको रिडी सहित ठाउँठाउँमा मेला महोत्सव भएको छ । सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
आजको दिन रिडी देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी,लगायतका ठाउँमा मेला लाग्छ । यी ठाउँमा बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।