स्वास्थ्य बीमा बोर्डले गुल्मी,अर्घाखाँची, पाल्पा लगायत बिभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरुलाई बीमा कार्यक्रममा सूचीकृत गर्यो
माघ १
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा विभिन्न स्वास्थ्य संस्थाहरुलाई सूचीकृत गर्ने निर्णय गरेको छ ।
बोर्डको हिजो बसेको बैठकले पाल्पाको लुम्बिनी मेडिकल कलेज,जिल्ला आँखा उपचार केन्द्र तम्घास, प्राथमिक आँखा उपचार केन्द्र बल्कोट अर्घाखाँची,रण अम्बिका आँखा अस्पताल भैरहवा, गुञ्जमान सिंह अस्पताल चितवन,गेटा आँखा अस्पताल कैलाली, सगरमाथा चौधरी आँखा अस्पताल लहान, फत्तेवाल आँखा अस्पताल नेपालगञ्जमा बीमा सेवा प्रारम्भ गर्ने निर्णय गरेको छ ।
यसैगरी संक्रामक तथा सरुवा रोग अस्पताल पोखरालाई पनि बीमा कार्यक्रममा सूचीकृत गर्ने निर्णय भएको छ ।
बजेटमा आएको नयाँ प्रावधान पछि वीमाबाट केही स्वास्थ्य संस्था बाहिरिएका थिए ।
सूचीकृत भएका अस्पतालहरुसंग केही दिनमै सम्झौँता गरेर स्वास्थ्य बीमा कार्यक्रम लागू हुनेछ।
बोर्डका अध्यक्ष डा गुणराज लोहनीले सूचीकृत भएका स्वास्थ्य संस्थामा सरकारी अस्पतालमा उपलव्ध नहुने अवस्थामा रिफर सेवाको लागि मात्रै हुने बताए । यस्तै सूचीकृत हुने यस्ता अस्पतालहरुले १०० सैय्यासम्म भए सातामा १ दिन, २०० सम्मको भए सातामा २ दिन र ३०० सैय्या र सो भन्दा बढी भए हप्तामा तीन दिन नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरुमा नियमित बहिरंग विशेषज्ञ सेवा प्रदान गर्नु पर्ने बताए ।
सुविधाको थैलीमा रहेको ओपिडी टिकट शुल्क पनि घटाइएको छ ।
स्वास्थ्य बीमा बोर्डले हाल सुविधा थैलीमा रहेको ओपिडी समुह लागत घटाएको छ । हालसम्म वीमामा आवद्ध व्यक्तिलाई ओपिडी प्याकेज कष्ट भनेर २०० रुपैयाँ र इमरजेन्सी प्याकेज कष्ट भनेर ४०० रुपैयाँ तोकेको थियो ।
आगामी माघ ८ गते देखि लागू हुने गरी ओपिडी टिकट ५० रुपैयाँ र इमरजेन्सी टिकट १०० रुपैयाँ निर्धारण भएको छ ।